दंगीशरण गाउँपालिकामा वडा स्तरीय खोप समन्वय समितिको १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा हेकुली , दाङको आयोजनामा आज वडा स्तरीय खोप समन्वय समितिको १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न्न भयको छ ।

दंगीशरण गाउँपालिका वडा न ५ का वडा अध्यक्ष दिपक गौतमको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको हो ।
अभिमुखिकारण कार्यक्रमको प्रशिक्षकमा स्वास्थ्य शाखाका प्रमुख दशरथ गिरी रहनुभयको थियो । खोप अभियान नेपाल भरी नै संचालनमा रहेको भन्दै गाउँपालिकाले पनि संचालन गरियको उहाँले बताउनुभयो ।

खोप अभियान अन्तर्गत ५ न वडामा २५ र २६ गते अभियान संचालन गरिने आधारभुत स्वास्थ्य चौकी नन्द्रागाउका प्रमुख राजेन्द्र चौधरीले जानकारी दिनुभयो । जस अन्तर्गत २५ गते ज्ञान ज्योति प्रा वि खलुवाचिस र सरस्वती प्रावि मिरौली र २६ गते लक्ष्मीनायायण आ.वि. सलौरामा खोप कार्यक्रम रहेको उहाँले जानकारी दिनु भयो ।
अभिमुखिकरण कार्यक्रमको सहजीकरण वडा सचीव प्रेम प्रकाश चौधरीले गर्नु भयको हो ।