नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाइ समिति घर्तिगाउँको दोस्रो अधिवेशन घर्तिगाउँमा सम्पन्न ।

<span;>चैत्र १९ रोल्पा । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति घर्तिगाउँ रोल्पाको दोस्रो अधिवेशन घर्तिगाउँमा सम्पन्न भएको छ ।
<span;>      इकाई समितिका अध्यक्ष शेर बहादुर बुढामगरको अध्यक्षता एवम् नेपाल लेखापढी कानुन व्यवसायी लुम्बिनी प्रदेश सदस्य श्रीकुमारी रोकाको प्रमुख आतिथ्यता एवम् माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा इकाइ कमिटी लिवाङका अध्यक्ष होम बहादुर पुनको समेत उपस्थिति रहेको थियो । अधिवेशनले टिका बहादुर वलीको अध्यक्षतामा ९ सदस्यीय इकाई समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा गगन रोकाय,सचिवमा हरि प्रशाद घर्ति,सह सचिव लक्ष्मी घर्ति,कोषाध्यक्ष पुनाराम घर्तिमगर सह कोषाध्यक्षमा बन्दना घर्तिमगर चयन गरेको छ ।
<span;> उद्घाटन सत्रमा इकाई समितिका उपाध्यक्ष गगन रोकायको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको संचालन सचिव हरि बहादुर घर्तिमगरले गर्नुभएको थियो ।