घोराही बनाऔं अभियानको अर्थ, आवश्यकता र औचित्य ?

हेमराज अधिकारी
विचारको जन्म मस्तिष्क मन्थन बाट सुरुवात हुन्छ । जुन कर्मको यात्रामा समाज व्यक्ति चियाचोकका वौद्धिकताको बहसमा रालो हल्लीदैन र दुनियाँ अचम्म पर्दैन त्यो काम सानै हुन्छ । गाउँ टोल वडा पालिका जहाँका पनि पाटि–पौवा प्रतिक्षालयहरुमा राजनीतिक झुण्डहरुले मेरो पार्टी र तेरो पार्टी भन्दै पौठेजोरी चलाई रहेको अवस्थामा, सविन प्रियासनको सविनय सामाजिक सत्कर्मको संकल्पमा घोराही बनाऔं अभियानको जन्म भएको छ ।
व्यक्ति पिच्छे विचार , विचार अनुसारको वौद्धिकता, वौद्धिकता अनुसारको बहस समाज विकासको सुरुवात देखि हालसम्म चलिरहेको छ । हाम्रो जस्तो देश नेपालमा बहुदलीय प्रतिष्प्रधात्मक राजनीतिक व्यवस्था भएको मुलुकमा नागरिकहरु राजनीतिक दल र दलमा आस्था राख्ने दलका कार्यकर्ता हुनु संवैधानिक, राजनैतिक र मौलिक हक भैसकेको छ । राजनीनितिले चुल्हो चौकासम्म जरा गाडेको अवस्थामा समाजिक सत्कर्मको संकल्प सहित सुरु भएको घोराही बनाऔं अभियान के होला ? कस्तो होला ? भन्ने चासो गुनासो र गफ हुनु स्वभाविकै छ ।

राजनीतिले समाज र व्यतिmलाई दलीय आधार र वैचारीक आधारमा विभाजन गरिरहेको अवस्थामा वर्तमान समयमा हराउँदै गएको समाजिक कार्यलाई उत्प्रेरणाको विजारोपण गर्न एक लुज फोरमको रुपमा घोराही बनाऔं अभियान अगाडी आउनु सकारात्मक कार्य हो । यसको बारेमा यतिबेला यत्र, तत्र सर्वत्र बहस भैरहेको छ ।

समस्याको पहिचान र समाधानको उपायहरु सहितको कर्म नै बनाऔं हुन्छ । यति ठूलो राजनीतिक परिवर्तन र सिंहदरवारहरु स्थानीय सरकारको रुपमा घर दैलोमा आउदा पनि किन आवश्यकता पर्यो नयाँ अभियानको भन्ने प्रश्नहरु नभएका होईनन् प्रश्न एक दुई, सयौ वा हजारौ आउन सक्छन् । ती प्रश्नहरुको उत्तर र यो अभियानको मार्ग चित्र कस्तो हुने भन्ने कुराहरु अझै स्पष्ट नभएर गर्भ भित्र छन् । कि अभियानको मार्ग चित्रमा हाम्रो सहभागिलाई कुरेर बसेको लुज फोरम बाट नै जाय जाय वादे तत्व बोध हुने हो यसको अन्योलता छ ।

आद्युनिक समाजमा मानिसका आवश्यकताहरु धेरै छन्, समस्याहरु धेरै छन् । समस्या समाधानको उपायहरु थोरै छन् । व्यक्ति वा समाजको वास्तविक समस्याका पहिचान हुनु पनि आधा समस्या समाधान हुनु हो । वास्तविक समस्याको पहिचान र प्राथमिकता निर्धारण नहुनु पनि समस्याको कहिल्यै समाधान न हुनु हो भन्ने बुझ्न अभियानले सक्नुपर्छ । सामजिक राजनीतिक प्राविधिक तथा सरकारी गैरसरकारी क्षेत्र काम गरेर आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई पनि यो अभियानले समेट्दै एउटा नयाँ जन यात्राको सुरुवात गर्नु पर्दछ । वर्तमान समयका शुष्म तर शक्तिशाली समस्याको पहिचान, समस्या समाधानको योजना, कार्यक्रम र कार्यक्रम कार्यान्वयन स्पष्ट संकल्प यात्रा ल्याउनु नै घोराही बनाउ अभियान आवश्यता छ ।

सामाजिक विकासका लागि समय यात्राकाक्रममा समाजको आवश्यकता र औचित्य पुरा गर्न नयाँ–नयाँ पात्र र प्रवृत्तिहरुको जन्म हुन्छ । कोहि टिकेर जान्छन् कोहि सिकेर जान्छन् । घोराही बनाऔं अभियान सहरका देखि ग्रामिण दुर दराजका वस्तीमा बामे सर्दैछ । शिशु बाट आशा अपेक्षा गरिहाल्नु त्यो हतास निराश र बतास मानसिकताको चरित्र हो । शहर र ग्रामिण वस्तीहरुलाई जोड्दै नागरीकलाई राज्यको पहुचमा पु¥याउँदै बर्तमान समयका सकारात्मक प्रवृति र प्रविधिको अत्याधिक प्रयोग गर्दै विविध सिप ज्ञान क्षमता भएका बौद्धिकहरुसंग हातेमालो गर्दै आर्थिक सामाजिक जन–जीवनलाई सरल, स्वस्थ, सफा र सकारात्मक जनयात्रामा डो¥यायनु यो अभियानको आवश्यकता छ ।

जहाँ सामाजिक प्रेम सद्भाव र मित्रताको आभास हुने अभाव पीडा छट्पटि पिर विसाउने ठाँउ यो अभियान बन्नु पर्छ । दिल खोलेर हास्ने ठाउँ र डाँको छोडेर रुने ठाँउ अभावले मानसिक रोगीहरुको संख्या शहरमा दिन प्रतिदिन बढ्दै छन्, ति विग्रेका मस्तिष्क र भत्किएका मनहरुलाई बनाउनुछ । सामाजिक एकता र विकासको जनयात्रामा वयलडाँडाको चौतारीमा सुर्य किरण धर्तीमा नपर्दै नचाउनुछ ।

मोवाईल चलाउने हातहरुलाई माटो चलाउने र उत्पादन उद्यमशिलताको महायात्रामा डो¥याउनु छ , रोजगारी र स्वरोजगारीको वातावरण सृजना गर्दै आत्मनिर्भर स्वाभिमानी नेपाली नागरिक बन्नु र बनाउनुछ यो अभियानको औचित्य यिनै धर्म र कर्म बाट पुष्टी हँुदै जान्छ । अब किन ढिलो ? के ले रोक्यो ? के ले छेक्यो ? सविन प्रियासन दाईको सविनय सामाजिक सत्कर्मको संकल्प घोराही बनाऔं अभियानको जनयात्रामा सहभागी बनौ । घोराहीलाई अझै राम्रो बनाऔं । समृद्धि, विकास र सुशासनसहितको घोराही अबको आवश्यकता हो ।