रिहार स्थित कर्मठ सहकारीबाट छ लाख पैसा चोरी

शिवु खनाल
देउखुरी, २३ पुस
लमही नगरपालिका वडा नम्बर ९ रिहार स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख २७ हजार ७ सय ४५ रुपैँया चोरी भएको छ । लकरभित्र राखेको पैसा चाेरी भएको हाे ।

त्यसैगरी काउण्ड नगरी लकरमा राखेको अन्दाजी ३६ हजार रूपैयाँ समेत चाेरी भएको हाे । सहकारीबाट उक्त रकम आइतबार राति चोरी भएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिनुभएको छ ।

चाेरले गोदाम घर फाेडेर पनि चेकजाँच गरेको छ ।
प्रहरी अनुसार सबै कोठाका दराज फुटाइए छ ।

सहकारीको कागजपत्र भने सबै सकुशल रहेको छ । प्रहरीले अहिले घटना स्थलमा पुगेको भने अनुसन्धान अगाडि बढाएको छ ।।