दंगीशरण गाउँपालिकाले गर्यो पुर्व जनप्रतिनिधिहरुलाई विदाई

बैशाख, ६ दिप्तिशिखा चौधरी । दंगीशरण गाउँपालिकाका पुर्व जनप्रतिनिधिहरुलाई विदाई कार्यक्रम गरिएको छ । दंगीशरण गाउँपालिकाले आज एक कार्यक्रमका विच स्थानीय तहमा पाँच वर्ष कार्यकाल पुरा गरि जानलाग्नुभएका गाउँपालिका अध्यक्ष भागिराम चौधरी लगाएतको टिमलाई विदाई गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काले जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाई मायाको चिनो सम्मान पत्र संगै करुवा र डेल्वा , ढक्या प्रदान गर्नुभएको थियो ।