काठमाडौं
२४-चैत/ नेपाल टेलिकमले सात अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ । बिहीवार काठमाडौंमा आयोजित कम्पनीको १४ औँ वार्षिक साधारण सभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले कम्पनीले सात अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताएका हुन् ।
उनले कोरोनाका कारण राजस्वमा भने केही कमी आएको उल्लेख गरे । त्यस्तै टेलिकमले शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर उपलब्ध पनि गराउने भएको छ । शेयरधनीहरूको मनोबललाई उच्च बनाउन बोनस शेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष अर्यालको भनाइ छ ।
अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताए । अनलाइन पेमेन्ट गर्ने सर