सि.एम विश्वकर्मा,दाङ। हाम्रो नेपाली समाजमा हरेक वर्ष विभिन्न चाडपर्वहरुमा विकृति फैलिनुकाे साथै विदेशी खानपिन तथा पहिरनमा भड्किलो बन्दै गइरहेको छ्न। हाम्रो नेपाली समाज अब कतातर्फ जाँदै छ ? हामी हाम्रो नयाँ पुस्तालाई कुन खाले संस्कृति र परम्परा सिकाउदै छाै ? हामी नयाँ प्रविधि वा आधुनिकतामा प्रवेश गरिसकेका छाै भन्दैमा हरेक वर्ष विभिन्न चाडपर्वमा विकृति किन फैलाईरहेका छाै ? विदेशी खानपिन तथा पहिरहनमा किन आकर्षित भैरहेका छाै ? याे आजकाे समयमा चिन्तित हुन जरुरी छ । जातिय छुवाछूत तथा विभेद , महिला तथा घरेलु हिंसा, छाउपडि प्रथा लगायत नेपालमा कयौं त्यस्ता विकृति र विसंगति छन । जसले आजसम्म पनि समाजमा जडा गाडेर बसेका छन । यस्ता कुरालाई हामीले समाप्त गर्न नसक्नु तर हाम्रा महत्त्वपूर्ण चाडपर्वलाई भड्किलो गराउन कोशिश गरिरहेका छाै ।
त्यस्तै नेपाली चेलीहरुकाे महत्त्वपूर्ण एउटा चाड छ , त्याे हाे हरितालिका तिज । हरेक वर्ष हरितालिका तिजकाे अबसरमा निकालिने गीत ,संगीत पहिलेको तुलनामा अहिले बेग्लै हुन गईरहेका छन भने नेपाली चेलीहरुले विदेशी गित संगीतलाई प्राथमिकता दिएकाे देखिन्छ । खासगरी हरितालिका तिज किन र कसरी मनाईन्छ भन्ने कुरा हामीले विस्तारै विस्तारै भुल्दै गइरहेको पो छाै कि ?
एउटा पौराणिक कथा छ ।
एउटा यज्ञकाे समारोहमा जब सतिदेबीले आफ्नाे पिता द्वारा आफ्नै पति महादेवकाे अपमान सुन्नु पर्याे , तब उनिलाई असाहय भयाे र हाेमाेनकाे आगाेमा हाम फालेर उनिले आफ्नाे देह त्याग गरिन । सतिदेबीकाे पुनर्जन्म पार्वतीका रुपमा भयाे । जाे सानैदेखि शिव जि प्रति समर्पित थिईन् । तर जब उनकाे विवाह गर्ने उमेर भयाे । उनकाे मातापिताले विष्णु सँग विवाह गर्ने तयारी भयाे । यसले उनी निकै दुखित भैईन । उनकाे दु:खलाई बझेर उनका साथीसंगीले अपहरणकाे शैलीमा एउटा जंगलमा लिएर गए । त्यहाँ पार्वतीले अन्नपानी केही पनि नखाई वर्षाैसम्म तपस्या गरिन । फलस्वरूप पार्वतीकाे समर्पण देखेर प्रभावित भएर महादेव प्रकट भए र उनिसँग विवाह गर्न राजी भए । त्यसपछि हरेक वर्ष यसदिनलाई तिजका रुपमा मनाउन थालियो । पार्वतीकाे तपस्या सफल भएर महादेव बर पाएकाे हुनाले नाचगान गरी उत्सव मनाउन थालियाे भने पार्वतीले झै गरि विना अन्नपानी व्रत बस्ने चलनको पनि थालनी गरियाे । साथीसंगीले पार्वतीलाई हरण गरि लगेकाे हुनाले नै हरित आलिका अर्थात हरितालिका तिजकाे नामाकरण गरिएको हाे ।
याे भन्नुकाे अर्थ नेपाली चेलीहरुले हरितालिका तिजलाई कसरी मनाउदै छन् ? अहिले बजारमा तिजकाे विभिन्न गितहरु आएका छन् । तर उहिलेका जस्ता दिदिबहिनीहरुकाे मनमा रहेका पिडा, कथा बाेकेकाे, आफ्नाे आमाले पकाएका ती खानेकुरा सम्झिने देखि लिएर माया, ममता बाेकेका गीतहरु आउन छाेडिसकेका छन । गायीका बिमा कुमारी दुरा- तिजमा आउन पाईन आमा , मनै अधेराे । लक्ष्मी न्याैपाने-तिज आयाे राजै बिदा दिनु आजै, खाजाखीर खानलाई माईत जानलाई । सर्मिला गुरुङ – आज मेराे माईत जाने पालाे । विष्णु माझी – हे आमा हाे याे तिजमा आएन भनेर रुदै रुदै गयाे मेराे भाइ त भन्ने गितहरु जसले नेपाली समाजलाई चित्रण गरेका माैलिक गितहरु अब बज्न छाेडेर विदेशी हिन्दी गितहरुमा हाम्रो चेलिहरु रम्दै छन् । यसैकारण आजकाे पुस्ताले के सिक्ने, के सिकाउने भन्ने कुराकाे चुनाैती रहेकाे छ ।
