दाङ , दंगीशरण गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष दिपक गौतमले आफुले प्रयोग गर्दै आएको बाईक गाउँपालिकालाई फिर्ता गर्नु भयको छ ।
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै गाउँपालिकाको प्रयोग गर्दै आइरहेको रा १ ब १२४३ नम्बरको बाईक मंगलबार बुझाउनु भयको हो ।
आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गरेको उक्त वडामा कार्यरत वडा सचीव प्रेम प्रकाश चौधरीले जानकारी दिनुभएको हो । २०७४ सालको स्थानीय तहमा अध्यक्ष गौतम नेकपा माओवादी केन्द्रवाट निर्वाचित हुनु भयको हो ।