नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ। नेकपा (एमाले) र राप्रपा नेपालका बीचमा स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ।
सहमति अनुसार राप्रपा नेपालका उमेदवारहरुले साझा चिन्हका रुपमा ‘सुर्य’ चिन्ह लिएर चुनावमा भाग लिनेछन्। सहकार्य देशभर हुने राप्रापा राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्।
एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्।
बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको हो।