नेकपा माओवादी केन्द्रले दंगीशरण ६ को कमिटीले गिरी टोलमा कमिटि गठन गरेको छ । शुक्रबार पवित्रा गिरीको अध्यक्षतामा टोल कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा नोखी गिरी ,सचिबमा सीता गिरी ,कोषाध्यक्षमा देवा गिरीलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा तिला गिरी ,चेतना गिरी,रिता गिरी, चित्र कला गिरी,विना गिरी ,दुर्गा गिरी, धनिकला गिरी, प्रभा गिरी
लगायतका १९ सदस्यीय कमिटी गठन गरिएको हो ।पार्टीका वडा कमिटी अध्यक्ष भरथरे चौधरी भोलमको अध्यक्षता तथा लुम्बिनी प्रदेश सदस्य भिम बहादुर वली महेशको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा वलिले माओवादीकै एजेण्डामा देश चलेको भन्दै उनले यसलाई जिवन्त दिनका साथै जसको नीति उसकै नेतृत्व सहित सबै तहमा पार्टीले जित हाँसिल गुर्नपर्ने बताए । त्यस्तै विशिष्ट अतिथि पार्टीका गाउँपालिका उपाध्यक्ष वीर बहादुर वलि , सह सचीव टंक वली, शिक्षक संगठनका नेता ज्योति प्रसाद चौधरी सचीवालय सदस्यहरु प्रविन योगि नुम बहादुर डाङी लगायतले अबको स्थानीय तहको चुनाबमा अहिलेसम्मका उपलब्धीलाई रक्षा गर्न माओवादी केन्द्रले विजयी हाँसिल गर्नुपर्ने बताएका थिए ।
साथै वडा न ५ अन्तर्गत विकासनगर टोलमा पनि बैठक बसेको हो । टोल कमिटी अध्यक्ष कृष्ण बस्नेतको अध्यक्षता मा बैठक बसेको हो । प्रमुख आतिथ्यता गाउँ कमिटी अध्यक्ष मनिराम चौधरी जेहेन्दार सचिव दिपक गौतम डि.एल लगायतका उपस्तिथिमा कार्यक्रम सम्पन्न भयको हो ।