सर्वदलीय बैठक सुरु

२ फागुन, काठमाडौं । सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेकाे छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न प्रतिनिधीसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । नेकपा एमालेले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।

सभामुखले बोलाएका बैठक एमालेले यसअघि पनि बहिष्कार गर्दै आएको छ ।