माओबादीका प्रभावशाली नेता पुन नेपाल फर्किए, महासचिवमा आफ्नो दाबी स्वभाविक

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता वर्षमान पुन लामो समयको उपचार पछि नेपाल फर्किएका छन् । थाइल्यान्ड उपचार गएका नेता पुन त्याहाँ उपचार संभव नभए पछि थप उपचारका लागि चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लागिएको थियो ।  चीनमा उपचार गरी सोमबार साँझ काठमाडौं आइपुगेका हुन ।

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारहरु संग कुरा गर्दै पुनले पार्टीमा महासचिवको लागि आफ्नो दाबेदारी रहेको बताएका छन् । आफुले विगतमा सचिव भएर काम गरेकोले अहिले महासचिवको स्वाभाविक दाबेदार भएको बताए हुन । आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताए ।

यस्तै, नेता पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारीमा पाएको जिम्मेवारी आफुले स्वीकार गर्ने पनि बताए । नेता पुनले भने, ‘छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’

झण्डै चार महिना लामो उपचार सकेर नेता पुन नेपाल फर्किएका हुन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंगाणुगत जण्डिस रोगबाट ग्रसित नेता पुन उपचारको लागि गत असोज १३ गते थाइल्याण्डको बैंकक गएका थिए ।