रेडक्रस उपशाखा घर्तीगाउँको अधिवेशन सम्पन्न /सभापतिमा पुन: घर्ती चयन

नेपाल रेडक्रस सोसाइटी रोल्पाले जिल्ला ब्यापी साधारण सभा तथ अधिबेशन सम्पन्न गरिरहेको छ । जिल्लाका विभिन्न पालिका अन्तरगत रहेका उपशाखाहरुले साधारण सभा तथा अधिबेशन गरेका हुन । त्यस्तै माडि गाउँपालिका अन्तरगत रहेको घर्तिगाउँ उपशाखाले पनि १३ औं साधारण सभा तथा ५ औं अधिवेशन घर्तिगाउँमा सम्पन्न गरेको छ ।

पश्चिम रोल्पाको एक ब्यापारिक केन्द्र मानिने घर्तीगाउँबजारमा सम्पन्न अधिवेशले पुन: मान बहादुर घर्तीमगरलाई सभापति चयन गरेको छ । सभापतिमा ३ जना आकांक्षी भएपनि सर्वसम्मत वर्तमान सभापति रहेका घर्तीलाई सभापतिमा चयन गरेको हो । अधिवेशनले उपसभापति कमारी घर्तिमगर, सचिवमा पशुपति घर्तिमगर, कोषाध्यक्षमा कमल घर्तिमगर, सह-सचिवमा भिउराज वली, सह कोषाध्यक्ष शशिराम बुढामगर सदस्यहरुमा राम बहादुर घर्तिमगर, मधु सुधन बुढा मगर लगाएलाई चयन गरेको उपशाखा घर्तीगाउँका आजीवन सदस्य भरत बहादुर बुढामगरले बताउनु भयो ।

उपशाखा सभापति मान बहादुर घर्तिको अध्यक्षता एवम् माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डिवी घर्तिमगर, पुर्व सभापति एवम् केन्द्रिय सदस्य नौलसिंह पुन, जिल्लाका मन्त्री अमर घर्तिमगर लगाएतको उपस्थिती रहेको थियो ।

उपशाखा घर्तिगाउँका उप सभापति बन्दना घर्तिमगरको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको संचालन उप शाखा सचिव यज्ञ बहादुर डाँगीले गर्नुभएको थियो । साधारण सभा तथा अधिवेशनमा उपशाखाको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।