सुनछहरी गाउँपालिकाको ११ औं गाउँसभा सम्पन्न । फोटो फिचर सहित

जुनिस कुमार बिष्ट । सुनछहरी गाउँपालिकाको ११ औं गाउँसभा सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकको केन्द्र पोबाङमा ११ औं हिउदे अधिवेशन सम्पन्न गरिएको हो ।

आ. व २०७८÷०७९ को कुल बजेट ३६ करोड ९३ लाख ८५ हजार ५८ रुपैयाँ अन्तर्गत चालू तर्फ २५ करोड १२ लाख ४१ हजार ५८ रुपैयाँ र पुजिगत तर्फ ११ करोड ८१ लाख ४४ हजारको चालू खर्च ५ करोड २७ लाख ६३ हजार १ सय ९१ रुपैयाँ २१ प्रतिशत र पुजीगत खर्च १ करोड ३ लाख ७६ हजार ६ सय ७६ रुपैयाँ ८.७८ प्रतिशत गरि जम्मा ६ करोड ३१ लाख ३९ हजार ८ सय ६७ रुपैयाँ १७.९ प्रतिशत खर्च भएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताउनु भयो ।

गाउँपालिकामा भौतिक बिकास तर्फ ११५ वटा योजना संचालनमा रहेको छ । भने आ.व २०७८÷०७९ को लागि अल्या रकमबाट तर्जमा गाउँकार्यापालिका बैठकबाट अनुमोदित विभिन्न ११ वटा योजनाहरु पारित भएको छ । गाउँपालिका विभिन्न वडाको ८ वटा योजना हरु संसोधन भएको छ भने विभिन्न ५ वटा एन तथा नियमावली तथा कार्यविधि निर्देशिकाहरु पारित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १९ वटा योजनाहरु संचालनमा रहेको छ ।

त्यस्तै गाउँपालिका वित्तीय समानिकरण अनुदान अन्तर्गत विनियोजित ८ वटा गाउँ घर क्लिनिक भवनहरुको शौचालय निर्माण योजना हरुलाई तर्जुमा गर्ने निर्णय पारित भएको छ।आ.व २०७८÷०७९ को लागि वहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत स्वीकृत ३५ लाख अनुमोदित भएको छ ।

साथै यहि आर्थिक वर्षको लागी गरिबी निवारण लागी लघुउद्यम बिकास कार्यक्रम अन्तर्गत विनियोजित २९ लाख बराबरको कार्यक्रम पारित भएको छ । आई एन एफ रोल्पा सुनछ्हहरी गाउँपालिका अन्तर्गत यस आर्थिक वर्षको लागि संचालन गरिने कार्यक्रमको लागि ९० लाख ८ हजार ६ सय बराबरको बजेट गाउँ सभाबाट अनुमोदित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताउनु भयो ।

गाउँपालिका उपाध्यक्ष पवित्रा घर्तीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको स‌ंचालन प्रमुख प्रशासकिय अधिकृत विर बहादुर पुनले गर्नु भएको थियो भने कार्यक्रममा ७ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी, सभाका सदस्य पत्रकारहरुको सहभागिता रहेको थियो ।