जब सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा फहरायो

शिवु खनाल
कोइलाबास नाका (देउखुरी)  माघ
नेपाल–भारत जोड्ने देशकै पुरानो भारतसंग सीमा जोडिएको दाङको कोइलाबास नाकामा राष्ट्रिय झण्डा राखिएको छ । सोमबार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट प्रस्तावित सीमा सुरक्षा गुल्म कोइलाबासले गढवा गाउँपालिका वडा नम्बर ८ अन्तराष्ट्रिय सीमा क्षेत्र नेपाल प्रवेसद्वारा कोइलाबास नाकामा राष्ट्रिय झण्डा राखेको हो । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले एक कार्यक्रमका बिच झण्डात्तोलन गर्नुभएको हो । नेपाल–भारत सीमा कोइलाबास नाका स्थित सडकको चोकमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट प्रस्तावित सीमा सुरक्षा गुल्म कोइलाबासले झण्डाका लागि पोल स्थापना गरेको थियो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट प्रस्तावित सीमा सुरक्षा गुल्म कोइलाबासले ४० फिट अग्लो राष्ट्रिय झण्डा राखिएको छ । यस कार्यलाई भारतसंग सीमा जोडिएका मुख्य प्रवेसद्वार मध्ये ऐतिहासिक कार्य भएको छ । नेपालको प्रवेसद्वारमा पहिलो पटक राष्ट्रिय झण्डा स्थापना गरिएको छ । झण्डात्तोलन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पर्यटकको सम्मान तथा स्वागतका लागि पनि कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

कोइलाबास सीमा क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना गर्नपर्ने आवश्यक रहेको बताउँनुहुदैँ सुबेदीले यहाँका स्थानिय नागरिकहरुले पनि भारतीय पर्यटकलाई स्वागत र सूचना दिनु पर्नेमा जोड दिनुभयो । उहाँले विदेशबाट स्वदेश फर्किने नेपालीलाई नेपाल पुगेको खुसी महसुस हुने बताउनुभयो । ‘विदेशबाट फर्किदा आफ्नो राष्ट्रियताको आभाव हुन्छ, प्रमुख जिल्ला अधिकारी सुबेदीले भन्नुभयो,–। ‘हरेक नेपालीले झण्डा अवलोकन गर्दै खुसी व्यक्त गर्नेछन् ।

जन्मभूमि नेपालको यादले नेपालीलाई थप राष्ट्रियताको भावना जागृत हुने छ ।’ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुबेदीले बीर गोरखालीको अर्जेको मुलुक भएकाले मातृभूमि रक्षार्थका लागि समेत झण्डा राखिएको बताउनुभयो । यता गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल (विश्वास)ले भारतबाट नेपाल प्रवेस र नेपालबाट भारत प्रवेस गर्दा हरेक नेपालीलाई झण्डाले नेपाल आमाप्रतिको अद्याग प्रेरणा जागृत गराउने बताउनुभयो । झण्डा देख्न वितिक्दै नेपाल प्रवेस गरेको महसुस हुनेछ, उहाँले भन्नुभयो,–। ‘यो नेपालको प्रतिक र शान पनि हो । झण्डाको सुरक्षा सशस्त्र प्रहरीले बलले गर्ने छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट प्रस्तावित सीमा सुरक्षा गुल्म कोइलाबासले रेखदेख गर्ने छ ।’

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठले नेपालको राष्ट्रिय झण्डाको संरक्षण एव सम्र्बद्धन गर्ने बताउनुभयो । नेपालले पनि अहिले झण्डा स्थापना गरेसंगै दुवै देशको पहिचान झल्किएको छ । झण्डात्तोलन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसी, नेपाल बोर्डर आउट पोष्ट प्रस्तावित सीमा सुरक्षा गुल्म कोइलाबासका प्रमुख अर्जुन पौडेल, गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष खालिक सिद्दिकि, लगायत सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानिय नाकाबासीहरुले सीमा क्षेत्रमा आवतजावतमा सहजिकरण र खानेपानीको समस्या बारे कुरा राखेका थिए ।