मावि सौडियारकोे स्वर्ण जयन्तिमा मुख्यमन्त्री चौधरी आउने

घोराही, माघ  । घोराही ७ सौडियारस्थित मावि सौडियार विद्यालयको स्वर्ण जयन्तीको तयारी पुरा भएको छ । यही फागुन १ गते विद्यालयमा हुन लागेको जयन्तीको तयारी पुरा भएको शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवरले जानकारी दिनुभयो ।
वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगीतात्मक कार्यक्रम, विज्ञान कला प्रदर्शनी, नृत्य प्रतियोगीताको तयारी पुरा भएको उहाँले बताउनुभयो ।

स्वर्ण जयन्ती समारोहको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले जानकारी दिनुभयो । मुख्यमन्त्री चौधरीले बिहान १० बजे आयोजना हुने वार्षिकोत्सवको उद्घाटन गर्नुहुनेछ ।

यसैबीच विद्यालयले वार्षिकोत्सव समारोहमा उपस्थितिका लागि सबैमा अनुरोध गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष कुवर र विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले एक प्रेस विज्ञप्ति जारी गरेर मुख्यमन्त्री चौधरीले उद्घाटन गर्ने वार्षिकोत्सवमा सहभागी हुन विद्यालयका अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, बुद्धिजीवी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, सदस्य, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष, सदस्य, अक्षयकोषदाता, सामाजिक अगुवालगायत शुभचिन्तक सबैमा आग्रह गर्नुभएको हो ।