निकालियो पिउने पानीको अभाव मेट्ने उपाए

घोराही, माघ १६ । घोराही–१२ बसन्तपुर क्षेत्रमा विद्यमान पिउने पानीको समस्या समधानका लागि उपाएको खोजि गरिएको छ ।
घोराही बनाऔं अभियानले केही दिनदेखि त्यस क्षेत्रमा रहेको पिउने पानी समस्याको विषयमा स्थलगत अध्ययनपछि सरोकारवाला निकाय र स्थानीयबासीहरुसँग पटकपटक छलफल, भेटघाट, सल्लाहसुझाब संकलन गर्ने कार्य गरिरहेको थियो ।

यहीक्रममा घोराही बनाऔं अभियानले मंगलबार तल्लो बसन्तपुर टोल विकास संस्थामा आयोजना गरेको छलफल कार्यक्रमबाट तत्कालका लागि उक्त क्षेत्रमा पिउने पानीको समस्या समाधान गर्ने उपाएको खोजि गरिएको छ । दिर्घकालिनरुपमा त्यस क्षेत्रमा पिउने पानीलाई पर्याप्त गर्न ओभरहेड ट्यांकीसम्म निर्माण गर्ने योजना बनाइएको छ ।

घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको अगुवाईमा भएको कार्यक्रममा बोल्दै घोराही–१२ का वडा अध्यक्ष दोर्ण बहकरीले हापुर बसन्तपुर क्षेत्रका बासिन्दालाई पिउनेपानीको समस्याबाट मुक्त गर्न केन्द्र र प्रदेशसम्म पनि पहल गर्ने नभएमा आउँदो बजेटमा भएपनि पालिकाको तर्फबाट ओभरहेड ट्यांकीलगायतका निर्माण कार्य गर्नका लागि बजेट बिनियोजन गरिने बताउनुभयो ।

यसैगरी कार्यक्रममा सहभागि हापुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति स्किम नम्वर २ बिजौरी हापुर दाङका अध्यक्ष जयबहादुर बुढाले समितिको तर्फबाट बुधबारनै वैठक बसेर मोटर खरिद गरी बसन्तपुरको दुईवटा टोलमा पिउने पानीको समस्या समधान गर्ने गरी काम हुने बतबाउनुभयो ।

यसैगरी समितिका सचिव राजुपरियारले समितिको क्षेत्र धेरै भएको, पानीको श्रोत कम भएको भएपनि अबदेखि आलोपालो सिष्टमबाट दुबै टोलमा पिउने पानीको समस्या समाधान गरिने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा बसन्तपुर टोल विकास संस्थाका अध्यक्ष रेशम योगी, रमना टोल विकास संस्थाका अध्यक्ष दामोदर शर्मा, रमना पाठशालाका प्रिन्सीपल विष्णु हमाल, स्थानीय नन्दबहादुर वली, जयकुमार वली, पवित्रा घर्तीलगायतकाले बोल्नुभएको थियो । यता यस विषयमा उक्त गाउँमा पिउने पानीको समस्या समाधानका लागि अग्रसर घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले अबको केही दिनमा नै सबै सरोकारवाला निकाय र स्थानीयबासीको सक्रियतामा दुबै टोलमा पर्याप्ता पानी पुग्ने गरी काम भैरहेको जानकारी दिनुभयो ।