दाङ क्रीकेट लिग -२ को हस्पिटालिटि पाटनरको रुपमा भिन्ग्रेली भिलेज रिसोट

घोराही दाङ, माघ १० दाङ जिल्ला क्रिकेट संघले यहीँ फागुन २६ गते देखि दाङमा संचालन गर्न लागेको दाङ क्रीकेट लिग- २ को हस्पिटालिटि पाटनरको रुपमा भिन्ग्रेली भिलेज रिसोट हुने भएको छ।

दाङमा पहिलो पटक ठुलो स्तरको अक्सनमा (खेलाडी किन बेच) आधारित भएर हुन लागेको प्रतियोगिता लाइ धरैले चासोको रुपमा लिएका बेला भिन्ग्रेली भिलेज रिसोटले प्रतियोगिता लाइ सफल बनाउन सहोग गर्न लागेको रिसोटका संचालक निरन्जन राज भण्डारीले जानकारी दिनु भयो, “जिल्लामा हुन लागेको यति ठुलो प्रतियोगिता लाई सबैले मिलेर सफल वनआउनु दायित्व भएकोले सामाजिक उत्तर दायित्व बहन गरेर प्रतियोगिता लाई सहयोग गर्न लागेको हो’ ।

भिन्ग्रेली भिलेज रिसोटले प्रतियोगिताको हस्पिटालिटि पाटनरको रुपमा रहेर प्रतियोगिता लाई करिब २ लाख बराबरको होटेलको सेवा प्रदान गर्ने सम्झौता भएको संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनु भयो । दाङ क्रीकेट लिग- १ मा पनि हस्पिटालिटि पाटनरको रुपमा भिन्ग्रेली भिलेज रिसोट रहेको थियो ।