वडा कार्यालय पछि सीमावर्ती नयाँ मतदान स्थल

शिवु खनाल
देउखुरी,  माघ
राजपुर गाउँपाकिला वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले स्थानिय नाकाबासी सहजका लागि अव सीमावर्ती क्षेत्रमै मतदान केन्द्र पु¥याउने बताउनु भएको छ । उहाँले अव हुने ०८४ को निर्वाचनमा सीमा नाकामा बसोबास गर्ने स्थानिय नाकाबासीहरुले अव सिक्टा बुत केन्द्र आएर मतदान गर्ने बाध्यता सदाका लागि अन्त्य गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘यसबाहेक पनि यो वडा कार्यालय वडावासीलाई सेवा–सुविधा दिन निकै अगाडि छ ।

अव मेरो पहिलो उद्देश्य भनेकै कसरी हुन्छ नाका जनतालाई नाकामै मतदान केन्द्र स्थापना गरि नाकामै मतदना गर्ने व्यवास्था मिलाउने योजना रहेको छ ।’ ‘त्यसको लागि सबै प्रक्रिया अगाडि बढाएको छु । वडाले प्रशासनिक सुविधाबाहेक अव सीमा क्षेत्रमा मतदान केन्द्र स्थापना गरि जनतालाई वडाका सरकारको अनुभूती गराउँने छ ।’ यता राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्यामबहादुर रोकाले घरघरमै वडाको प्रशासनिक सुविधा पु¥याउने उद्देश्यले आफु अगाडि बढेको बताउनुभयो । उहाँले वडा कार्यालयले स्थानीयवासीका लागि प्रवाह गर्दै आइरहेका सुविधा उनीहरूको दैनिक जीवनसँग सम्बन्धित छन् ।

भारतसंग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रका स्थानिय नाकाबासीहरुले सीमावर्ती क्षेत्रमा तीनवटा स्थानमा नयाँ मतदान स्थल कायम गर्न माग गरेका छन् । मतदातालाई मतदान गर्न १३ घण्टा पैदल हिँड्नुुपर्ने र मतदाता संख्या पनि बढी भएका कारण नयाँ मतदान स्थल कायम गर्न निर्वाचन आयोगसमक्ष माग गरिएको हो । राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्यामबहादुर रोकाले दुर्गमको नाका क्षेत्रमा तीनवटा नयाँ मतदान स्थल कायम गर्न निर्वाचन आयोगसँग माग गरिएको बताउनुभयो । १३ घण्टा पैदल हिँडेर मतदान गर्नुपर्ने भएपछि यसअघि नै राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका, वडा नम्बर ६ खांग्रानाका र वडा नम्बर ७ भैसाहीँनाकाका स्थानियका लागि नयाँ मतदान स्थल माग गरिएको थियो । यस पटक पनि मतदान स्थललाई पहिलो प्राथमिकतामा राखेर माग गरिएको उहाँले बताउनुभयो । उहाँले सीमावर्ती क्षेत्रका लागि नयाँ मतदानस्थल कायम गर्न आयोग सकारात्मक रहेको जानकारी दिनुभयो ।

आयोगसँग माग गरिएका नयाँ मतदान स्थलमा राजपुर गाउँपाकिला वडा नम्बर १ पटौलीनाकामा रहेको श्री बालबिसौनी प्रा.वि, राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाकामा रहेको बालकल्याण मा.वि. र राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाकामा रहेको गौरि शंकर मा.विमा मतदान केन्द्र थप गर्न माग गरिएको जनाइएको छ । नयाँ मतदान स्थल कायम गर्न आयोगमा सिफारिस गरिएका गाउँपालिका र वडाबाट आवश्यक विवरण पठाए पनि यसअघि दुुई पटक समितिको बैठक बसे पनि दलहरूबीच सहमति हुन नसक्दा निर्णय हुन सकेको थिएन ।

दुईदिन अघि मतदान केन्द्रमा पुग्नुपर्ने
भारतसंग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रमा बसोेबास गर्ने स्थानिय नाकाबासीहरु मतदानका लागि दुईदिन पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सीमावर्ती क्षेत्रका स्थानियलाई मतदान केन्द्रमा पुग्न र घर फर्कन दुईदिन समय लाग्ने गरेको छ । मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र उनिहरु घर फर्कने गरेका छन् । मतदान हुने अघिल्लो दिन गाउँबाट हिँडेर सुनपत्रीखोला पुगेपछि कुरुवाखोला बास बस्छौँ, भोलिपल्ट मतदान केन्द्रमा पुगेर मतदान गरी फर्केपछि कुरुवाखोला गाउँमा बास बस्छौँ, राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका निवासी मंगलसिंहले भन्नुभयो,–। ‘घरबाट हिँडेको तेस्रो दिनमात्र फर्कन सकिन्छ ।’

भारतसंग सीमा जोडिएको दाङको अन्तिम मानव बस्तीमा एकहजार भन्दा बढी घरधुरी छ । राजपुर गाउँपालिका वडा नम्बर ७ मतदान केन्द्र मावि सिक्टा, त्यैगरी राजपुर गाउँपालिका वडा नम्बर ६ को साधारण नमूना मावि गंगदी र राजपुर गाउँपालिका वडा नम्बर १ को गुरुङ्खोलामा रहेको ज्योती आधारभूत विद्यालयमा मतदान केन्द्र हो । त्यहाँ दुइहजार भन्दा बढी मतदाता छन् । गतएको स्थानीय तहको चुनावमा ५सय जनाले मतदान गरेका थिए । घर कुर्नुपर्ने भएकाले सबै स्थानीयवासी मतदान केन्द्रमा आउन सक्दैनन् । ज्येष्ठ नागरिक, अपाङ्गता र अशक्त नागरिकलाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको छ ।

पशु गोठमा बस्ने गोठाला पनि मतदानबाट बञ्चित हुने गरेका छन् । सीमावर्ती क्षेत्रका नाकाबासीहरु अक्करे भिरको पैदलमार्ग छिचोलेर मतदान केन्द्रमा पुग्नुपर्छ । सीमावर्ती क्षेत्र भिरको पदमार्ग जिल्लाकै जोखिमयुक्त हो । सीमावर्ती क्षेत्रमा छुट्टै मतदानस्थल बनाउनुपर्ने स्थानीयवासीको मागमा पूरा हुनसकेको छैन ।।