माघ १६ गतेबाट “प्रथम विक्रम पुन स्मृति फुटबल प्रतियोगिता-२०८०”हुने

माघ १६ गतेबाट हुने “प्रथम विक्रम पुन स्मृति फुटबल प्रतियोगिता-२०८०” काे तयारी तीव्र रुपमा भईरहेकाे छ । बिएफएल फुटबल क्लब घाेराहीकाे आयाेजनामा घाेराही १८ नवलपुर फुटबल मैदानमा खेल हुने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १५ हजार रुपैयाँ नगद, दाेश्राे हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । प्रतियाेगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कारकाे व्यवस्था गरिएको आयाेजकले जनाएको छ ।