दाङमा राष्ट्रिय एकता दिवस मनाइयो

घोराही पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङको आयोजना र विभिन्न दल तथा संगठनहरुको सहकार्यमा शुक्रबार ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । झाँकी र बाजागाजासहित बजार परिक्रमा गरेर घोराहीको पृथ्वीचोक पुगेर ¥याली सभामा परिणत भएको थियो ।

राप्रपा दाङका अध्यक्ष किशोरकुमार न्यौपानेको अध्यक्षत्ता, पार्टीका केन्द्रीय सहमहामन्त्री ऋषिराज देबकोटाको प्रमुख आतिथ्यतामा बोल्ने वक्ताहरुले राष्ट्रिय एकता दिवस र पृथ्वीजयन्तीको आवश्यकता र मर्मको बारेमा बोल्नुभएको थियो । सो अबसरमा छिटै नै पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक निर्माण गरिने र यसको लागि पालिकासँग समन्वय भैरहेको राप्रपाले जनाएको छ ।

कार्यक्रममा विशिष्ठ अतिथि संविधान सभा सदस्य तथा शि सेना नेपालका केन्द्रीय महिला संयोजक गंगा थारु, नेताहरु भरतराज केसी, नरेशजंग राणा, प्रेम शाह, कान्तबहादुर पौडेल, नमबहादुर पौडेललगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण राप्रपाका सचिव त्रिभुवन थापाले गर्नुभएको थियो ।