घोराही बनाऔं अभियानद्वारा अखिललाई फूटवल जर्सी सहयोग

घोराही, पुस २६ । घोराही बनाऔं अभियानले विद्यार्थी संगठनबीचमा हुन लागि रहेको मैत्रीपूर्ण फूटबल प्रतियोगिताका लागि एकसेट जर्सी सहयोग गरेको छ ।

अनेरास्ववियु दाङले ७९ औं नेत्र जयन्तीको अबसरमा घोराहीमा अनेरास्ववियु, नेबिसंघ, क्रान्तिकारी विद्यार्थी संगठन र विप्लव निकट विद्यर्थाी संगठनबीच पुस २७ गते भरतपुर फुटवल मैदानमा मैत्रीपूर्ण प्रतियोगिताको आयोजना गरेको छ ।

जसका लागि घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले अखिलका कार्यबाहक अध्यक्ष गणेश खड्कालगायतका पदाधिकारीहरुलाई फूटवल जर्सी उपलव्ध गराउनु भएको हो ।