कर्मचारी संगठनको आयोजनामा घोराहीमा ६० जनाले गरे रक्तदान

घोराही पुस १८ । नेपाल निजामति कर्मचारी संगठनको ट्रेड युनियन दर्ता दिवसको अबसरमा घोराहीमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।

बजारमा रगतको अभाव भैरहेको समयमा नेपाल निजामति कर्मचारी संगठन दाङले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा राष्ट्र सेवक कर्मचारी, विद्यार्थी, व्यवसायी, पेशाकर्मीलगायतकाले रक्तादन गरेका थिए । संगठनका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहागरपालिकाका प्रमुख नरुलाल चौधरीले रक्तदान मानवीय सेवा भएकाले यसलाई सबैले प्राथमिकता दिनुपर्नेमा जोड दिदै अहिलेको आवश्यकता मानव सेवा भएको बताउनुभयो ।

कार्यक्रम घोराही उपमहानगरका उपप्रमुख हुमा डिसी, प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदी, घोराही उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीको विशिष्ठ आतिथ्यता, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्तराज जोसी, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण संगठनका सहसचिव मोहनसिंह सुनारले गर्नुभएको थियो ।

खुल्ला रक्तदान कार्यक्रममा रेम गिरी, दिनेश आचार्य, सुरज बुढाथोकी, विष्णुकुमारी भुसाल, चेतनाथ पाण्डेय, दानबहादुर खत्री, गणेशप्रताप पुन, कमल नेपाली, क्रिश रोकामगर, समिर योगी, बिनोद बोहरा, शुभम् बुढामगर, सुरबहादुर केसी, टेकबहादुर चौधरी, गोपाल खड्का, श्रीमान पोख्रेल, भीमबहादुर चौधरी, युकेश शाही, मिनराज नेवार, कमल डाँगी, सुरेश जिएम, मनोज बुढा, सन्दिप घर्ती मगर, पवन भण्डारी, राजन घर्तीमगर, संगीता कुमारी नेपाली, सम्झना रोका, सोहन मगर, सन्तोष आचार्य, चक्रसिंह धामी, सुरेन्द्र बुढाले रक्तदान गर्नु भएको हो ।

यसैगरी बिरभल साउद, आयुश अधिकारी, लक्ष्मण अधिकारी, एकराज खनाल, दिलुमाया बुढाथोकी, बलबहादुर खड्का, मेघबहादुर घर्तीमगर, भरत बुढामगर, थम्मन बहादुर डाँगी, हरि डाँगी, सपना डाँगी, आरती पुन मगर, रितु पुन मगर, चित्रबहादुर डाँगी, शर्मिला बिक, किरण गौतम, लिलता परियार, मनिसा थापा, प्रस्ताब राणा, समीर केसी, जीवलाल शर्मा, विविध आचार्य, बिनोद केसी, श्रीकृष्ण आचार्य, चिन्ता बहकरीलगायतकाले रक्तादान गर्नु भएको छ ।