दोस्रो प्याब्सन घोराही रनिङ सिल्डको उपाधि फेरि पनि गोरखालाई

दाङ, १० पौष । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घोराही नगर समितिको आयोजनामा सम्पन्न,दोस्रो प्याब्सन घोराही रनिङ सिल्ड २०८० को उपाधि फेरिपनि गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराही दाङले प्राप्त गरेको छ । गएको वर्ष पनि गोरखाले नै उपाधि जितेको थियो । गोरखाले रनिङ सिल्डमा समावेश खेलहरूमा १२ स्वर्ण पदक, ६ रजत पदक र ५ कास्य पदक सहित रनिङ सिल्डको उपाधि चुमेको हो ।

डिभाइन एकेडेमीले ३ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गर्दै उपविजेता भएको छ ।
जनज्योति विद्याश्रमले २ स्वर्ण , ४ रजत र ३ कास्य पदक प्राप्त गरी तृतीय स्थान प्राप्त गरेको छ ।
मेचीकाली सेकेन्डरी स्कुलले २ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरी सान्त्वना स्थान प्राप्त गरेको छ ।
सनराइज एकेडेमी २ स्वर्ण पदक र १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।
स्टार आवासीय माविले २ स्वर्ण, १ रजत पदक प्राप्त गरेको छ।
सिद्धार्थ एकेडेमीले २ स्वर्ण पदक प्राप्त गरेको छ ।

युनिक मिड वेस्टर्नले १ स्वर्ण र २ रजत र २ कास्य पदक प्राप्त गरेको छ ।
ज्योतिपुञ्ज आवासीय माविले १ स्वर्ण, १ रजत र ४ कास्य पदक प्राप्त गरेको छ ।
ज्योतिपुञ्ज मोडेलले १ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरेको छ ।
ज्ञानमाला एकेडेमी १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।
मदन भण्डारीले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।
राप्ती आवासीय माविले १ स्वर्ण , १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।
लाली गुराँस माविले १ स्वर्ण र २ कास्य पदक प्राप्त गरेको छ ।
ज्ञानज्योति एजुकेसनल एकेडेमीले १ स्वर्ण पदक प्राप्त गरेको छ ।
ग्रेट बुद्ध एकेडेमीले १ स्वर्ण पदक प्राप्त गरेको छ ।
त्यस्तै लिटल एञ्जल माविले ३ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।
पर्ल एकेडेमीले १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।
दिपशीखा माविले ३ कास्य पदक प्राप्त गरेको छ ।

मनकामना आवासीय माविले २ कास्य, अर्किड इडेनले १ रजत , हिन्दू विद्यापीठ १ रजत पदक प्राप्त गरेका छन् ।
अल्फा मावि १ कास्य, रमना पाठशाला १ कास्य , शान्ति सुधा मावि १ कास्य, ज्ञानोदय १ रजत र १ कास्य, पशुपति विद्याश्रमले १ रजत, शान्ति निकेतन विद्यालयले १ कास्य र अरनिको माविले १ कास्य पदक प्राप्त गरेको छ ।
कबड्डीमा उत्कृष्ट खेलाडी लिटल एञ्जलका अनिता चौधरी र भलिवलमा उत्कृष्ट खेलाडी स्टार माविका रोहन बिक घोषित भएका थिए । प्यलियर अफ द टुनार्मेन्ट गोरखा घोराहीका नरबहादुर बस्नेत र करिना कालाथोकीले प्राप्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले खेल विद्यार्थी जीवनमा पाठ्यक्रमको अध्ययन जतिकै आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले भन्नुभयो ‘ संस्थागत विद्यालयका विद्यार्थीहरूलाई खेलमा सहभागी गराउने उद्देश्यका साथ प्याब्सन घोराहीले आयोजनाको गरेको प्याब्सन रनिङ सिल्ड र उपमहानगरपालिकाले आयोजना गर्ने राष्ट्रपति रनिङ सिल्डलाई उपमहानगरपालिकाले समान ढङ्गले हेरेको र हेर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

पढाइसँगै निजी विद्यालयहरूले अतिरिक्त क्रियाकलापमध्ये खेलकुदलाई पनि प्राथमिकताका साथ अगाडि बढाएको नगर प्रमुख चौधरीले आभार प्रकट गर्नुभयो । घोराही उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न संस्थागत विद्यालयले खेलेको भूमिका अविष्मरणीय रहेको बताउँदै प्रमुख चौधरीले खेलकुदको विकासमा संस्थागत विद्यालयसँग पनि उपमहानगरपालिका सँगसँगै रहेको बताउनुभयो । साथै प्रमुख चौधरीले स्वास्थ्यका लागी पनि खेल आवश्यक रहेको हुँदा यस्तो आवश्यकता परिपूर्तिका लागि उपमहानगरपालिका निरन्तर सक्रिय रहनुका साथै यस कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

प्याब्सन घोराही नगरका अध्यक्ष बिरेन्द्र चन्दले विद्यालय खेलमा गतवर्षभन्दा यसवर्ष उत्साह थपिएको बताए । साथै उनले रनिङ सिल्डलाई सफल बनाउन सदस्य विद्यालयहरू, सहभागी खेलाडी, खेल सम्पन्न बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अफिसियल टिमप्रति आभार प्रकट गर्नु भएको थियो ।समुद्घाटन सत्रमा भएको मार्च पासमा गोरखा मावि प्रथम, सिद्धार्थ एकेडेमी द्वतीय, मेचीकाली मावि तृतीय तथ जनज्योति विद्या मन्दिर र ज्ञानज्योति एजुकेसनल एकेडेमी सान्त्वना भएका थिए ।

समापन कार्यक्रममा प्रिन्सिपलहरूको १०० मिटर र खेल प्रशिक्षकको २०० मिटरको दौड प्रतियोगिता राखिएको थियो । मनकामना सेकेन्डरी प्रथम, अरनिको मावि द्वितीय र सनराइज एकेडेमी तृतीय भएका थिए । त्यस्तै खेल शिक्षकको दौडमा सनराइज एकेडेमी प्रथम, मनकामना सेकेन्डरी द्वितीय र जनज्योति विद्या मन्दिर तृतीय भएका थिए । प्याब्सन घोराहीका अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण ओलीले गर्नु भएको थियो ।