घोराही ६ मा व्यसायिक तरकारी खेती पुनर्ताजकी तालिम सुरु

 

घोराही,  पुस ।

घोराही ६ मा व्यसायिक तरकारी खेती पुनर्ताजकी तालिम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका अन्तरगत रहेको उद्योग तथा व्यवसाय प्रर्वधन शाखाको ओयोजना तथा वडा नंम्वर ६ को संयोजनमा व्यसायिक तरकारी खेती गर्ते किसानहरुलाई पुनर्ताजकी तालिम दिईएको हो ।

 

घोराही धनकुमारी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डिसीको प्रमुख आतिथ्यमा एवं वडा अध्यक्ष विष्णुराम आचार्यको विशिष्ठ आतिथ्य र उपमहानगरको प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्य, प्रशिक्षार्थि किसानहरुको सहभागितामा एक औपचारिक कार्यक्रम गरेर तालिमको सामापन गरिएको हो । प्रमुख अतिथी डिसीले यस अघि व्यसायिक तरकारी खेती तालिम लिएकाहरुलाई व्यवसायिक बन्न थप सहयोग पुराउने उद्देश्यले पुनर्ताजकी तालिम सञ्चालन हुनु किसानका लागि राम्रो भएको बताउनुभयो ।

 

वडा अध्यक्ष आचार्यले किसानको हितलाई प्राथमिकतामा राखेर वडा सरकारले काम गर्र्दै आएको बताउनुभएको थियो । तालिममा सहभागी किसानहरुले सिकेका कुरालाई व्यवहारमा लागु गर्दै व्यवसायिक खेतीलाई थप प्रभावकारी बनाउदै लैजाने बताएका थिए