माण्डवी घोराही एकता समाज गठन

दाङ, मंसिर १६ । माण्डवी घोराही एकता समाजको अध्यक्षमा लोकराज आचार्य चयन हुनुभएको छ । माण्डवी गाउँपालिकाबाट घोराही उपमहानगरपालिका भित्र बसाई सरेकाहरुको भेलाले आचार्यको अध्यक्षतामा एकता समाज गठन गरेको हो ।

जसको उपाध्यक्षमा माधव पण्डित, सचिवमा डिल्ली पौडेल, सहसचिवमा सावित्रा महरा, कोषाध्यक्षमा बद्रीप्रसाद अधिकारी रहनुभएको छ । समितिको सदस्यमा गिरिराज अधिकारी, हेमराज अधिकारी, केशव गौतम, माधव अधिकारी, हेमराज पोख्रेल, विनोद अधिकारी रहनुभएको छ।

साथै, भेलाले आगामी बैशाख महिना भित्र माण्डवी घोराही एकता समाजको अधिवेशन गर्ने निणर्य गरेको छ भने माण्डवी घोराही एकता समाजको सदस्यता प्राप्त गर्न एक सय रुपैयाँ शुल्क तोकिएको छ ।