खहरे खोला नियन्त्रण गर्ने काम कसको हो त ?

शिवु खनाल
भैसाहीँनाका (देउखुरी),मंसिर
भारतसँग सिमा जोडिएको दाङको सीमावर्ती क्षेत्रमा खहरे खोलाले खेतीयोग्य जमिन कटान गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । वर्षातको समयमा सयौं जमिन कटान गरिरहेको छ ।। अहिलेसम्म सयौं बिघा खेतीयोग्य जमिन खोलाले कटानमा परिसकेको स्थानीयवासी बताउँछन् । बलियो तटबन्ध निर्माण नगरिँदा खोलाले कटान गरिरहेको राजपुर गाउँपालिका वडा नम्बर ७ मनौरा नाका निवासी प्रेमबहादुर घर्ती मगरको भनाइ छ । उहाँले सिमा नाकाका गाउँका सयौं बिघा खेतीयोग्य जमिन कटान गरेको जानकारी दिनुभयो । सरोकारवाला निकायले चासो नदिँदा कृषियोग्य जमिन खहरे खोलाको कटानमा परिरहेको उहाँले बताउनुभयो ।

‘नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालयलाई हामीले आग्रह गर्दै आएका छौं । उसले अहिलेसम्म चासो नै दिएको छैन, उहाँले भन्नुभयो,–। मनौरा गाउँ भएर वर्षेनी खहरे खोला बग्छ । खोलाले प्रत्येक वर्ष तीव्ररुपले जमिन कटान गरिरहेको छ । किसानले धान र मकै लगाएको खेतबारी काटिरहेको छ ।’ खोलामा गतिलो तटबन्ध निर्माण नहुदा मनौरा खोला खेतीयोग्य जमिन क्षेत्रतिर फर्केर कटान गर्न थालेको स्थानीयको भनाइ छ ।

‘स्थानीय सरकारको रुपमा अहिले राजपुर गाउँपालिका छ । गाउँपालिकाले खहरे खोला नियन्त्रणका लागि आफूसँग पर्याप्त बजेट नभएको बताउँछ, उहाँले भन्नुभयो,–। ‘खहरे खोला नियन्त्रण गर्ने काम कसको हो त ?’

जनताको तटबन्ध कार्यालयले जिल्लाको केही स्थानमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिरहेको छ । कार्यालयले प्रभावित क्षेत्रभन्दा पहुँचको आधारमा तटबन्ध योजना दिने गरेको स्थानीयको आरोप छ । दक्षिणतिरबाट भौवा खोलाले कटान गर्दै जाँदा गाउँ नै जोखिममा परेको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका निवासी श्यामबहादुर झाक्रिले बताउनुभयो ।

‘राज्यले यिनै खोलानालाबाट नदीजन्य पदार्थ संकलन गरेर करोडौं राजस्व उठाउँछ । तर, खहरे खोला नियन्त्रणका लागि तटबन्ध बनाउँदैन,उहाँले भन्नुभयो,–। ‘यहाँका जनता वर्षाैंदेखि खहरे।खोलाबाट पीडित छन् । सरकारले अहिलेसम्म कुनैपनि तटबन्धको योजना दिएको छैन ।’ भारतसँग सिमा नाका जोडिएको दाङको अर्नानाकादेखि पश्चिम भौवा हुँदै मृगियानाका सम्मका क्षेत्रलाई खहरे खोलाले कटान गर्दै आएको उहाँले बताउनुभयो ।

अर्का स्थानीय पूर्णबहादुर झाक्रिले खहरे खोलाको कटान नरोकिए मानव बस्तीसमेत जोगाउन कठिन हुने बताउनुभयो । ‘खोलाले अहिलेसम्म खेतीयोग्य जमिन कटान गरिरहेको छ । कटान नरोकिए यहाँको बस्ती नै बगाउने खतरा छ,’ उहाँले भन्नुभयो,– । ञकटान गरेर खोला गाउँनजिक आइसकेको छ । जनताको तटबन्ध कार्यालयले राप्ती नदिका क्षेत्रलाई मात्र आफ्नो प्राथमिकतामा राखेको स्थानीयहरूको गुनासो छ ।

कृष्ण बुढा
अर्का स्थानीय स्याउले निवासी बेगम बुढाले राप्तीपारिको क्षेत्रमा मात्र तटबन्धन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,–। ञराप्तीपारिमात्रै तटबन्ध बनाउने काम भयो । नाकातिर तटबन्ध बनाइएन,–। ‘सयौं बिघा खेतीयोग्य जमिन कटान भइसक्यो । हाम्रो पीडा सुनिदिने निकाय कोही भएन ।’ खहरे खोलाले विगत चार वर्षदेखि धार परिवर्तन गरेर कटान गर्न थालेको उहाँले स्मरण गर्नुभयो ।

राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलिले खहरे खोलाले धेरै ठाउँमा कटान गरेकाले वडाको एक्लो बजेटबाट मात्र खोला नियन्त्रण गर्न सम्भव नभएको बताउँनुभयो । उहाँले भन्नुभयो,–। ञवडाको सबै बजेट खर्च गर्दापनि खहरे खोला नियन्त्रण गर्न सम्भव छैन । सिमा नाकाका विभिन्न खहरे खोलाहरू र नियन्त्रणका लागि संघीय सरकारले नै ठूलो आयोजना बनाउनुपर्छ ।’ खहरे खोला नियन्त्रण आयोजना बनाएर सोही आयोजनामार्फत खोला कटान नियन्त्रणको काम गर्नुपर्ने वडाध्यक्ष वलिको भनाइ छ ।।