दाङ, कार्तिक । दाङमा दोश्रो दाङ जिल्ला अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप–२०८० घोराहीमा हुने भएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजनामा आगामी मंसिर ९ र १० गते घोराहीमा च्याम्पियनसिप प्रतियोगिता हुन लागेको च्याम्पियनसिप संयोजक तथा दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष महेश गुरुङले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गराउनुभएको छ ।
उहाँका अनुसार, मंसिर महिना दोस्रो सातामा हुने प्रतियोगितामा जिल्लाभरका ६५ स्कुलका करीव ५ सय खेलाडीहरुको सहभागिता रहनेछ ।खेलाडीहरुलाई निरन्तर चलायमान बनाउन, खेल हाप्किडो खेलको विकासका लागि च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
च्याम्पियनसिपबाट खेलाडीको क्षमता अभिवृद्धि, हाप्किडो खेलको विकासमा योगदानका साथै दाङ जिल्ला र स्कुलको पहिचान थप बलियो हुने विश्वास लिईएको उहाँले बताउनुभयो ।
च्याम्पियनसिपमा फाइटतर्फ महिला र पुरुष दुवैमा १२–१२ वटा तौल समूहमा प्रतिस्पर्धा हुने भएको छ । जस अनुसार २०–२५, २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, ६५–७०, ७०–७५ र ७५– ८० किलो तौल समूहमा प्रतिस्पर्धा हुनुका साथै डेमोष्ट्रेशनमा पनि टिम प्रतिस्पर्धा हुने उहाँले उहाँले बताउनुभयो ।