डिसहोमले क्रिक्रेट खेलाडीलाई २० लाखसम्म नगद पुरस्कार दिने

काठमाडौं । डिसहोमले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूका लागि पुरस्कार घोषणा गरेको छ ।

घरेलु मैदानमा जारी आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरूलाई विभिन्न सर्तमा पुरस्कारको घोषणा गरेको हो ।

डिसहोमले एउटै खेलमा शतक र पाँच विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ दिने जनाएको छ ।

यस्तै, शतक प्रहार गर्ने खेलाडीलाई १० लाख रुपैयाँ, पाँच विकेट लिने खेलाडीलाई पाँच लाख रुपैयाँ पुरस्कार घोषणा गरेको हो ।

अर्धशतक प्रहार गर्नेलाई एक लाख, तीन विकेट लिएमा एक लाख, ३५ रन लिने खेलाडीलाई ५० हजार र तीन क्याच वा स्टम्पिङ गरेमा ५० हजार दिने घोषणा गरेको हो ।

प्रतियोगितामा दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ । यसअघि, नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

लगातार दोस्रो हार बेहोरेको मलेसिया भने प्रतियोगिताबाट बाहिरिने निश्चित बनेको छ ।