दाङ, ३० असोज । ६८ औं प्रहरी दिवस दाङमा भव्यरुपमा मनाइएको छ । जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा भएको कार्यक्रममा ९३ वर्षीय पूर्व प्रहरी कर्मचारी प्रहरी नायव निरीक्षक तेजबहादुर थापालाई देसल्लाह ओढाएर सम्मान गरिएको थियो । सो अबसरमा प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँरको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीको अध्यक्षत्ता, प्रमखु जिल्ला अधिकारी रामबन्धु सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समुदायमा नेपाल प्रहरीको भूमिका शिर्षकमा अयाोजना गरिएको निवन्ध प्रतियोगिता र नेपाल पुलिस स्कुल घोराही दाङद्वारा सञ्चालित चित्रकला प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले सहभागि सबैलाई स्वागत मन्तव्यले स्वागत गर्नुभएको थियो ।