अजम्मरीमा वन नर्सरी; बिरुवा उत्पादनसँगै रोजगारी

शिवु खनाल
देउखुरी, ३० असोज
लमही नगरपालिका वडा नम्बर ५ निवासी मैते पुन मगर विगत तीन वर्ष व्यस्त हुनुहुन्छ । अजम्मरी सामुदायिक वनमा वृक्षारोपण पहल नेपाल संस्थाले स्थापना गरेको विरुवा उत्पादन नर्सरीमा पानी राख्ने, झारपात गोडमेल गर्ने र बिरुवा सार्ने उहाँको दैनिकी बनेको छ । एक छोरा, छोरी र दुई ना–ना तीनीलाई हुर्काउँदै आउनु भएको उहाँलाई घरखर्चको जोहो गर्न निकै मुस्किल पथ्र्यो । तर घरछेवैमा वन नर्सरीको स्थापना भएपछि उनलाई दैनिकी गुजार्न सहज भएको छ । कारण हो, वन नर्सरीमा रोजगार पाउनु । पहिलेपहिले घरखर्च चलाउन निकै गाह्रो थियो, उहाँले भन्नुभयो,–। ‘त्यही बेला वन नर्सरी स्थापना भयो । नर्सरीमा काम पाउँदा खुसी लागेको छ ।

मासिक पन्ध्र हजारमा काम गर्दै आएको छु । नर्सरी केन्द्रमा काम गरेको रकमले दुई ना–ना तीनीलाई पढाउन, घरमा नुन, तेललगायत सामाग्री जोहो गर्न सहयोग पुगेको ।’ बिरुवा नर्सरी केन्द्र स्थापना भएदेखि नै उनी काममा लागेका हुन् । त्यसैगरी लमही नगरपालिका वडा नम्बर ५ निवासी सुस्मा नेपाली पनि दिउँसोमा बिरुवा नर्सरी केन्द्रमै पुग्नुहुन्छ । नयाँ बिरुवा जमाउने, सार्ने, गोडमेल गर्ने, बिरुवामा पानी राख्नेलगायतका काम गर्नुहुन्छ । पहिले त दैनिकजसो नै काम हुन्थ्यो, तर अहिले महिनाको १५–२० दिनसम्म काम हुन्छ, उहाँले भन्नुभयो,–। ‘घरमा खाली बस्नुभन्दा यहाँ धेरै राम्रो छ । श्रीमान् रोजगारीका लागि विदेशमा हुनुहुन्छ ।

घरमा सासू ससुरा पनि हुनुहुन्छ । नर्सरी केन्द्रमा काम गरेको रकमले घरखर्च चलाउन श्रीमान्कै आश गर्नु परेको छैन ।’ उहाँले महिनाको १० हजारसम्म कमाउनुहुन्छ । नियमित वन नर्सरीमै काम पाए गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । मैते पुन र सुस्मा नेपाली नर्सरी केन्द्रमा काम गर्ने प्रतिनिधिमूलक पात्र मात्रै हुन् । माघदेखि वैशाखसम्मको समयमा केन्द्रमा काम बढी हुन्छ । नयाँ बिरुवा जमाउने, बिरुवा सार्ने, नर्सरीमा रहेको बिरुवाको झारपात गोड्ने, पानी हाल्ने, ग्रेडिङ गर्नेलगायत काम हुन्छन् । यसरी नर्सरी स्थापना हुँदा एकातर्फ बिरुवा उत्पादन भएको छ भने अर्कोतर्फ रोजगारी पनि सिर्जना भएको छ । उक्त समयमा दैनिक १० देखि १२ जनासम्मले रोजगारी प्राप्त गरेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले जानकारी दिनुभयो । वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वनक्षेत्र कायम गर्ने राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वअनुसार वृक्षारोपण पहल नेपाल संस्थाले खाली जग्गामा वृक्षरोपण गर्न विभिन्न जातका बिरुवा उत्पादन गर्ने गरेको वृक्षारोपण पहल नेपालका कार्यक्रम निर्देशक रक्षा कायस्थले बताउनुभयो । नर्सरीमै बिरुवा उत्पादन गरेर वृक्षारोपण गर्दै आएका छौ, उहाँले भन्नुभयो,–। ‘विरू किनेर पनि वृक्षारोपण गर्न सकिन्थ्यो तर, स्थानीयलाई रोजगारी दिई उनिहरूलाई आर्थिक रूपले बलियो बनाउन नर्सरीमै बिरुवा उत्पादन गरेर वृक्षारोपण गर्दै आएका छौँ ।

वृक्षारोपणबाट सामुदायिकलाई कसरी आयआर्जनसंग जोड्ने सकिन्छ भन्ने उद्देश्य रहेकोले स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गरेको उहाँले बताउनुभयो । समुदायलाई रोजगारदेखि आर्थिक रूपमा बलियो बनाउन नर्सरी देखि वृक्षारोपणसम्म वृक्षारोपण पहल नेपाल संस्थाले विभन्नि कार्यक्रमलाई अगाडि बढाएको हो । वृक्षारोपण पछि वनजंगल हरियाली हुनुका साथै वन्यजन्तुको पनि उतिकै संरक्षण भएको देख्न सिकन्छ । वृक्षारोपण कार्यक्रमबाट वन क्षेत्रको क्षेत्रफल वृद्धि, जैविक विविधताको संरक्षण, कार्बन सञ्चिति, भूसंरक्षण एवं पानीको स्रोत वृद्धि गर्न र स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्न मद्दत पुग्ने निर्देशक कायस्थले बताउनुभयो । वृक्षारोपण गरेर मात्र नभएर रोपेका बिरुवाको स्याहार र संरक्षण गर्न उत्तिकै महत्वपूर्ण रहेको रहेको बताउँदै उहाँले बिरुवा हुर्केर उत्पादन भएका वस्तु, सेवाबाट स्थानीय समुदायले लाभ प्राप्त नगरेसम्म निरन्तर संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

विरुवा उत्पादन गर्न पहल नेपालको आफ्नै नर्सरी
वृक्षारोपण पहल नेपाल संस्थाले निशुल्क रुपमा विरुवा वितरण गर्न सम्झौता गरी आफ्नै नर्सरी तयार पारेको छ । दाङको लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वनक्षेत्र भित्रमा नर्सरी निर्माण गरिएको छ । प्रत्येक वर्ष एकलाख भन्दा बढी बिरुवा उत्पादन गरेर सामुदायिक वन, किसान, संघ संस्थालाई वितरण गर्दै आएको र अहिले नर्सरीमा धमाधम बिरुवा उत्पादन भईरहेको छ । तयार भएको बिरुवा जेठ÷असारमा बितरण गर्ने गरेका छाँै, वृक्षारोपण पहल नेपालका कार्यक्रम निर्देशक रक्षा कायस्थले भन्नुभयो,–। ‘विरुवा उमार्न उच्च प्रविधिको ‘हाईटेक’ नर्सरी निर्माण गरिएको छ । बिउ रोप्ने तातो घर निर्माण गरिएको छ । बिउ उमार्न गर्मी ठाउँ चाहिने भएकाले तातो घर बनाइएको हो ।’ ‘उम्रिएको बिरुवा राख्ने अर्को चिसो घर पनि छ । उम्रिएपछि हुर्काउन चिसो नर्सरीमा लागिन्छ ।’ पहिरो गएको ठाउँमा बिरुवा लगाउने, सडक किसारमा हरियाली बनाउने योजना अनुसार निशुल्क बिरुवा बितरण गर्न नर्सरी स्थापना गरिएको हो । नर्सरीमा अमला, हर्रा, बर्रा, सिसौ, टिक, गुलमोहर, असना, बकैनो, इपिल लगायतका काठजन्य बिरुवा पनि त्यहाँ उत्पादन हुने गर्दछ ।

काठजन्य, जडिवुटी, फलफूलजन्य विरुवा उमार्न प्राथमिकता दिएका छौं, वृक्षारोपण पहल नेपालका अध्यक्ष शान्ति गिरिले भन्नुभयो,–। ‘वातावरण जोगाउन वन क्षेत्रको बिस्तार र बिकासका लागि नर्सरी अत्यावश्यक रहेकाले निर्माण गरिएको हो ।’ नर्सरीमा तयार भएको विरुवा पाउनका लागि किसानले सामुदायिक वन वा ब्यक्तिले निवेदन दिनुपर्छ । संकलन भएको निवेदनबाट आवश्यकताका आधारमा कार्यालयले छनौट गरि विरुवा बितरण गर्ने गरेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताउनुभयो । ‘खेर गएको जमिन हराभरा बनाउने, किसानलाई चाहिने डाले घाँसको आपूर्ती गर्ने, जडिवुटी खेती बिस्तारमा सायता जिल्लाभित्रै नर्सरीमा विरुवा उत्पादन भएपछि अन्य जिल्लाबाट खरिद गरेर ल्याउनुपर्ने बाध्यता अब कम हुदैँ गएको अध्यक्ष रिजालले बताउनुभयो । उहाँले समुदायलाई प्राकृतिक विपद्बाट बचाउन पनि वनको संरक्षण अपरिहार्य भएको बताउनुहुदैँ, वन क्षेत्रमा रहेका स्थानीय तहका जनप्रतिनिधिले भावी पुस्ताको बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतको संकलन र उत्खनन गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,–। ‘समुदायलाई प्राकृतिक विपद्बाट बचाउन वन, वनस्पति, वन्यजन्तु र पारिस्थीतिकीय प्रणालीलाई प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्र रुपमा बाँच्न दिनु पर्ने हुन्छ । प्रकृति स्वच्छ भए मात्र मानव जीवन स्वच्छ हुनुका साथै हामीले प्रकृतिलाई संरक्षण गर्याैँ भने मात्र प्रकृतिले हामीलाई संरक्षण गर्दछ भन्ने तथ्यलाई कसैले पनि बिर्सन हुँदैन ।’
पहल नेपालद्धारा नर्सरी र वृक्षारोणको अनुगमन
अजम्मरी सामुदायिक वन भित्री वृक्षारोपण तथा नर्सरीको अनुगमन गरिएको छ । आइतवार विदेशी पाउना सहित वृक्षारोपण पहल नेपालका अध्यक्ष शान्ति गिरि, वृक्षारोपण पहल नेपाल कार्यक्रम निर्देशक रक्षा कायस्थ, अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजाल, सचिव गोमा भण्डारी, सदस्य शोभाकला खनाल, विन्दु अधिकारी, संस्थाको कर्मचारी सुस्मा नेपाली, पत्रकारलगायतको संयुक्तमा संस्थाले निर्माण गरेको नर्सरीको स्थलगत निरिक्षण तथा अनुगमन गरिएको हो । अनुगमनको क्रममा अन्य ठाउँको तुलनामा विरुवा उत्पादन तथा वृक्षारोपण निकै राम्रो भएको कुरामा जोड दिइएको थियो । अनुगमनमा सहभागिहरुले मरूभुमि जस्तो ठाउँ हरियाली भएको देख्दा निकै हर्षित भएको विचार व्यक्त गर्नूभएको थियो ।।