दाङ, असोज । सुरक्षित आप्रवासन सामी कार्यक्रम घोराही उपमहानगरपालिकाले सुरक्षित बैदेशिक रोजगारीका लागि रोजगार सेवा केन्द्र सँग समन्वय बैठक र अन्तरक्रिया कार्यक्रम गरेको छ । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका स्थानीय तहमा रहेका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक सहित सामी कार्यक्रम अन्तरगत परामर्श गर्दै आएका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बैदेशिक रोजगारीका बारेमा नागरिकहरुलाई सत्य कुराको जानकारी गराउने, अप्ठेरोमा परेकोको उद्धार, राहतका लागि पहल गर्ने, सिपका बारेमा प्रशिक्षण, मनोपरामर्श र वित्तिय साक्षरताका बारेमा जानकारी गराउदै आएका बिषयमा समिक्षा समेत गरिएको छ । कार्यक्रममा ३ करोड ६८ लाख ८१ हजार रुपैयाँ आर्थिक सहायता प्राप्तीमा सहयोग गरेको जानकारी दिईएको छ ।
सामी कार्यक्रमका संयोजक बसन्ता पुनले सहजिकरण गर्नुभएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, फोकल पर्सन बासुदेव आचार्य, श्रम तथा रोजगार कार्यालय बुटवलका अधिकृत केशबराज भटराई, पन्चराम चौधरी, विष्णु अर्याल लगाएतकाले कानुनी विषय र सेवा प्रबाहका विषयमा भनाई राख्नुभएको थियो ।