नेपालीको उद्धारमा सरकारले उच्च प्रथामिकता दिन आवश्यक ः नेपाल

शिवु खनाल
देउखुरी,  असोज
पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले इजरायलमा समस्यामा रहेका नेपालीको फास्ट ट्र¥याकबाट स्वदेश ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) को मेचीमहाकाली जागरण अभियानको क्रममा दाङको लमहीमा शम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले सरकारबाट इजरायल युद्धमा नेपालीहरुको खोज तथा उद्धारमा देखाएको सक्रियता सकरात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘सरकारले सक्रियता राम्रो देखाएको छ, अझै यसमा फास्ट ट्र¥याकबाट समस्यामा परेकालाई उद्धार गर्न आवश्यक छ, आफ्नै जहाज पठाएर स्वदेश ल्याउन आवश्यक छ ।’

नेकपा (एकीकृत समाजवादी)का केन्द्रिय अध्यक्ष नेपालले नेपालीहरु विदेशमा पुगेर कृषि सिप सिकेर नेपालमा आउने उद्देश्य बोकेर इजरायल पुगेको भएपनि हिंसात्मक कार्यक्रममा मारिनु दुखद घटना भएको बताउनुभयो । सरकारले राष्ट्रिय शोक मनाएर विदेशमा मारिएका नेपाली प्रति सम्मान व्यक्त गरेको प्रति धन्यवाद दिदै नेपालले विदेशमा रहेका नेपालीको अवस्थाको वारेमा सरकार गम्भिर हुनुपर्ने सुझाव समेत दिनुभयो । इजरायल सरकारले नेपाली विद्यार्थीहरुको लागि पनि उत्तिकै सुरक्षा दिएको खबर आफुले पाएको भन्दै उहाँले युद्धग्रत स्थानमा रहेका नेपालीको उद्धारमा सरकारले उच्च प्रथामिकता दिन आवश्यक रहेको बताउनुभयो ।

नेपाली जनतालाई समाजवादको बारेमा जानकारी दिने उद्देश्यले आफ्नो पार्टीले समाजवादी जागरण यात्रा शुरु गरेको जानकारी दिदै नेपालले अभियानले न्याय, समानता र सरकारी नीतीमा समेत परिवर्तन गराउने गरी अभियान संचालन भएको बताउनुभयो । उहाँले भन्न्ुभयो,–। ‘हाम्रो यात्रा समाजवादी यात्रामा हो, हामी समाजवादको अर्थ बुझाउँदै त्यसको लागि नीतिगत सुधार शासकिय सुधार लगायतको विषय पनि उठाइरहेको छौ, अभियानले त्यी कुराहरुलाई पनि मद्दत गर्नेछ ।’

केहि संचार माध्यमले आफुलाई विदा धेरै भयो घटाउनुपर्छ भन्दै केहि समुदाय र धर्मसंग जोडेर अनावश्यक हल्ला फिँजाइरहेको भन्दै अध्यक्ष नेपालले मिडियाले सत्य लेख्नुपर्ने बतानुभयो । आफुले भन्दै नभनेको विषयलाई अतिरन्जित गरेको उहाँको भनाइ थियो । कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पाण्डे, दाङ क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य मेटमणी चौधरीले धारणा राख्नुभएको थियो । जागरण अभियानमा पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल, महासचव घनश्याम भुसाल लगायतका नेताहरुको सहभागिता छ ।।