पोखराबाट सुर्खेत जाँदै गरेको बस लमहीमा दुर्घटना, बसमा सवार १४ यात्रु घाइते

शिवु खनाल
देउखुरी, १५ असाेज
दाङकाे लमहीमा बस दुर्घटना भएको छ। पाेखराबाट सुर्खेत जाँदै गरेकाे ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ४ बगइसाेतामा दुर्घटना हुँदा १४ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार बिहान करिब ५ बजे बस दुर्घटनामा परेकाे हाे ।

बस अनियन्त्रित हुँदा दुर्घटनामा परेर घाइते भएकाहरूकाे लमही अस्पतालमा उपचार भइरहेकाे उहाँले बताउनुभयो । घाइतेहरूकाे उद्दार गरेर अस्पताल पुर्‍याइएकाे छ ।।