घोराही,१४ असोज ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा वसन्त जोशी नेतृत्वको संयुक्त व्यवसायी प्यानलले एउटा उद्योग उपाध्यक्ष वाहेकका १९ पदमा जित हात पारको छ ।
संयुक्त व्यवसायी प्यानलबाट अध्यक्ष पदका लागि उम्मेद्वार बन्नुभएका बसन्त जोशीले समावेशी व्यावसायिक प्यानलका रामप्रसाद पोख्रेललाई ४ सय ३५ मतान्तरले पराजित गर्नुभएको हो । जोशीले १३ सय ४५ मत प्राप्त गरेर विजयी हुदा उहाँका निकटम प्रस्पर्धि पोख्रेलले ९ सय १० मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक निर्मल गौतमले जानकारी दिनुभएको छ ।
यसैगरी वरिष्ठ उपाध्यक्ष पदका लागि नरेश श्रेष्ठले १३ सय ६१ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी दीपेन्द्र पुनले ८ सय ४२ प्राप्त गर्नुभएको हो । श्रेष्ठले पुनलाई ५ सय १९ मतान्तरले पराजित गर्नुभएको हो ।
यस्तै उपाध्यक्ष पदमा साझा समावेशी व्यावसायिक प्यानलबाट उम्मेद्वार बन्नुभएका ध्रुव कुमार गहत्तराजले ११ सय २६ मत प्राप्त गर्दै बिजयी हुदा उहाँका प्रतिस्पर्धि भरत रेग्मीले १ हजार सय ७० मत प्राप्त गर्दै पराजित हुनुभएको हो ।
बाणिज्य उपाध्यक्षका लागि लिलाराम खड्काले १ हजार ५२ मत प्राप्त गर्र्दै बिजयी हुदा उहाँ प्रतिस्पर्धी राजभक्त रानाले १ हजार २० मत प्राप्त गर्नुभएको निर्वाचन समितीले जनाएको छ । यस्तै महासचिव पदका लागि पुनः महेन्द्र बुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँले १३ सय ६१ मत प्राप्त गरेर विजयी हुदा उहाँका प्रतिस्पर्धी सालिक खनाललाई ९ सय ५४ मत प्राप्त भएको छ ।
सचिब पदका लागि विकास वलीले १ हजार ८४ मत प्राप्त गरेर बिजयी हुदा भिमसेन डाँगीले १ हजार ८० प्राप्त गर्नुु भएको छ । डाँगीलाई वलीले ४ मतान्तरले पराजित गर्नु भएको हो । कोषाध्यक्षका लागि जगत आचार्यले १२ सय ३ मत प्राप्त गर्दै निर्वाचित हुदा प्रेम बहादुर बुढाले ९ सय ६८ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी सह कोषाध्यक्ष पदका लागि माधब खनालले १३ सय २९ मत प्राप्त गर्दै निर्वाचित हुदा यादव बहादुर श्रेष्ठले ७ सय ७८ मत ल्याउनुभएको छ । उद्योग सदस्यका लागि बिक्रम रानाले १२ सय ७ मत ल्याई विजयी हुदा सन्तोष नेपालिले ७ सय ३४ मत प्राप्त गर्नुभएको छ ।
महिला सदस्यका लागि लिला नेपालीले १ हजार ११ मत प्राप्त गर्दै ९ सय ५५ मत प्राप्त गर्ने देबकला बस्नेतलाई पराजित गर्दै विजयी हुनुभएको छ । यस्तै बाणिज्य सदस्यहरुमा रुद्र बहादुर जैसीले ११ सय ४२, दिपक पन्डितले १२ सय २५, निम बहादुर बुढाथोकीले ११ सय २०, युवाराज पन्तले १२ सय २०, राम प्रसाद पोख्रेलले १३ सय ४०, पुष्कर राज न्यौपानले १० हजार ६३, नोर्वु तामाङले १३ सय ६ सुरज बुढाथोकीले ११ सय ५८ मत प्राप्त गर्दै जित हात पार्नूभएको छ ।
यस्तै रण विक्रम चन्दले ६ सय ८२, राज कुमार गुप्ताले ८ सय ५२, सुशील आचार्यले ७४१, कृष्ण बहादुर कुवरले ६९५, अर्जुन पन्थीले ८ सय ८५, रेवन्त कुमार श्रेष्ठले ७ सय १९, सन्जय विश्वकर्माले ६ सय ८५ र शेर बहादुर पुनले ७ सय २९ मत प्राप्त गर्दै पराजित हुनुभएको छ । संघमा ३ हजार ३ सय ५८ जना मतदाता रहेकामा २ हजार ३ सय ५७ खसेको थियो ।।