बुद्ध हस्पिटलमा दन्त सेवा सुरु

घोराही, असोज ।
दाङको घोराहीमा रहेको बुद्ध ईन्टरनेशनल हस्पिटलले दन्त सेवा सुरु गरेको छ । विरामीहरुको आवश्यकतालाई माध्यनजर गर्दै डेन्टल सेवा सुरु गरिएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानाकरी दिनुभएको छ ।

विहान ९ बजेदेखी साझ साझ ६ बजेसम्म सेवा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालन आएको दन्त विभागबाट दन्तरोग विशेषज्ञ डा. सिम्रन बखरेलले दन्त सेवा प्रदान गर्नुहुनेछ । पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्धारा विभिन्न सेवाहरु प्रदान गर्दै आईरहेको बुद्ध हस्पिटलले दाँत, मुख तथा गिजा सम्बन्धि सम्पूर्ण समस्याको चेकजाँच, उपचार तथा अपरेसन सेवा दिने भएको दन्तरोग विशेषज्ञ डा. सिम्रन बखरेलले बताउनुभयो ।

यस्तै बाङ्गोटिङो तथा नमिलेको दाँत मिलाउने, स्वास गन्हाउने, गिजा दुख्ने, गिजा सुन्निने समस्याको चेकजाँच तथा उपचार सेवा, मुखको स्वास्थ्यको सुधार र मुख सम्बन्धि सम्पूर्ण समस्याको अपरेसन सेवा विरामीले पाउने उहाँले बताउनुभयो ।

हस्पिटलको दन्त विभागको उद्घाटन डा. रमेश बस्नेतले रिवन काटेर गर्नुभएको थियो । कार्यक्रममा नेपाल चिकित्सक संघ दाङका अध्यक्ष माधव गोईत, सञ्चालक रसिल थापा, डा. अनिल यादवलगाएत हस्पिटलका नर्श तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।