अर्जुन पन्थी
खुल्ला सदस्य, उमेदवार
१) स्वागत छ
– धन्यवाद छ ।
२) तपाईको उम्मेदवारी कुन पद र किन ?
–मेरो उमेद्वारी खुल्ला बाणिज्य सदस्यमा हो । मेरो उमेद्वारी घोराही (दाङ) एशीयाकै ठूलो उपत्यका हो । यहाँ अहिले पनि प्रशस्त खाली जग्गाहरु छन् । यी जग्गाहरुमा व्यावसायिक रुपमा तरकारी खेतीमा पनि बेमौसमी तरकारी खेतीको पकेट क्षेत्र निर्माण गर्ने । बृहत् गुरुयोजना बनाएर आबश्यक पर्ने औजारहरु यो क्षेत्रमा लागेका व्यवसायीक किसानहरुलाई निशुःल्करुपमा उपकरणको ब्यबस्था मिलाउन स्थानीय सरकार संग समन्वय गर्ने उद्देश्यसहित म उमेदवार बनेको छु । यसका साथै विभिन्न उन्नत जातको धान, गहँु, मकै जस्ता खाद्य बस्तुहरुलगायतको लागि भण्डारण सहित गुणस्तरीय बिउ बिजन उत्पादनमा टेवा पुग्ने गरी कृषकहरुको हितमा अगाडि बढ्ने योजना पनि मैले बनाएको छु । यतिबेला उत्पादित कृषी लगायत अन्य सामानहरुको बजारीकरणको ठूलो समस्या छ । बजारीकरण गर्ने सवलामा पनि विशेष ध्यान दिनेछु । रोजगारीलगायतका समस्याका कारण यतिबेला बिदेश पलायन हुनेको संख्या धेरै छ । व्यवसायीहरुले सटर भाडा तिर्न नसकेर ऋणमा डुबेका छन् । अहिलेको मन्द बजारलाई कसरी उकास्ने सवालमा पनि मेरो ध्यान जानेछ ।
३) चुनाव प्रचारप्रसारको अभियानलाई कसरी अगाडि बढाउनु भएको छ ?
–म घोराही क्षेत्रमा करीब २० वर्षदेखि सक्रिय भएर बसि रहेको छु । यसै क्षेत्रलाई बेस बनाएर अध्ययन गर्ने देखि अहिलेसम्म कर्म गर्ने सवालमा पनि सबैसँग नजिकमा रहेर काम गरिरहेको छु । २०६० साल देखि नै क्रियाशिल भएर विभिन्न अभियानमा पनि जोडिदै आएको छु । व्यक्तिगतरुपमा पनि धेरैसँग मेरो चिनजान छ । म उवासंघको निर्वाचनमा मात्र नभएर अघिपछि पनि सबै जसो ठाउँमा पुगि रहने भएका कारण यतिबेला प्रचारप्रसार अभियानमा होमिदा सजिलो भएको छ । सामूहिक प्रचारमा सबै जसो ठाउँमा पुग्यौ । त्यस बाहेक एकल प्रचारमा पनि हिडि रहेको छु ।
४) तपाईको चुनाव जित्ने आधार के छन् ?
–मेरो चुनाब जित्ने आधार धेरै छन् । म घोराहीमा पत्रिका बितरण देखि तितौरा इमिल्चि, चियापत्ती, डट्पेन, कापी, गार्मेन्टको झोला, फोटो स्टुडियो, पानी ट्रेक्टर मार्फत ठाउँठाउँमा पु¥याउनेदेखि सप्लायर्सको चाउचाउ मार्केटिङ, कस्मेटिकको मार्केटिङ्ग पनि धेरै समयसम्म गरेको हुँ । व्यक्तिगतरुपमा पनि मेरो धेरैसँग तिकतता छैन । सबैको काम गरेको छु । यी सबै कुराहरुले गर्दा म चुनाब जित्छु जस्तो लाग्छ ।
५) यदि तपाईले चुनाव जित्नुभयो भने संस्था र व्यवसायीहरुको पक्षमा कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?
–म निर्बाचित भए भने कम्तिमा पनि स्थानीय स्तरमा अर्गानिक बस्तुहरु कृषकहरुलाई र विशेष गरी युवाहरुलाइ स्वदेशमै बस्ने वाताबरण सृजना गर्न घोराहीमा मासिक रुपमा कृषि हाट बजारको ब्यबस्था गर्न भूमिका खेल्नेछु । म निर्वाचित भएभने उवासंघको अगुवाईमा मेला महोत्सवलाई पूर्णरुपले बञ्देज गर्न भूमिका खेल्नेछु । यसको ठाउँमा समयसमयमा सभाहलमै बस्तुगतरुपमा प्रदर्शनीको आयोजना गर्ने, बस्तुगत विभिन्न समितिका अध्यक्ष, पदाधिकारीहरुलाई एकैथलोमा राखेर विभिन्न योजना बनाउने काम गर्नेछु । यसका साथै म लेखापढि ब्यबसायमा पनि आबद्ध भएकाले सबैलाई सहयोग पुग्नेगरी लेखापढी ब्यबसायमा बिचौलियाको प्रवेश कम गर्न संस्थाको तर्फबाट भूमिका खेल्नेछु ।
६) अन्त्यमा केही भन्नुछ ?
–अन्त्यमा मलाइ केही कुरा आफ्ना भनाइ प्रस्फुटन गर्ने यो अबसर प्रदान गर्नु भएकोमा धन्यबाद भन्न चाहान्छु । चुनाबको मैदानमा सहभागी भएकाले म सबै मतदाता अनि शुभेच्छुकहरुलाई खुल्ला सदस्यको क्रम संख्या १३ मा रहेको मेरो नाम अर्जुन पन्थीमा मतदान गरी अत्यधिक मतका साथ बिजय गराउनुहुन हार्दिक अनुरोध गर्दछु ।