दाङ ११असाेज
यही असोज १३ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा यदिबेला उम्मेदवारहरुले व्यवसायीहरुसँग घरदैलो अभियानलाई तीब्र बनाएका छन् । दाङ उवासंघ व्यवसायीहरुको हितमा काम गर्ने संस्था भएको हुँदा जिल्ला क्रियाशील राजनीतिक दलका व्यवसायी संघ÷संस्थाहरु प्यालन बनाएर निर्वाचनमा होमिएका छन् । सोही अवसरमा साझा समावेशी व्यवसायीक प्यानलमार्फत वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी दिएका राजभक्त रानासँग भ्यूमान पुनले गरेको संक्षिप्त कुराकानी ।
१. स्वागत छ, हजुरलाई राप्ती प्रेस अनलाइनमा ?
– धन्यवाद, राप्ती प्रेस परिवारलाई ।
२. तपाईको उम्मेदवारी कुन पद र किन ?
– मैले दाङ जिल्ला उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी छु । दाङको समग्र व्यवसायीक सुरक्षा संघको सुशासन र आर्थिक पारदर्शीता अनि सम्पूर्ण उद्योगी, व्यवसायीको आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारी हो ।
३. चुनाव प्रचारप्रसारको अभियानलाई कसरी अगाडि बढाउनु भएको छ ?
– अहिले हाम्रो साझा समाशेवशी व्यवसायीक प्यानल चुनाव प्रसारप्रसार समितिले सञ्चालन गरेको घरदैलो मतदाता भेटघाट कार्यक्रममा छौं । बाँकी रहेको ममयमा उद्योगी, व्यवसायीहरुले बोलाएको ठाउँमा पुगेर भेटघाट गरी सल्लाह र सुझाव लिने कार्य भइरहेको छ ।
४. तपाईको चुनाव जित्ने आधार के छन् ?
– म विगत २० वर्षदेखि घोराहीमा शिक्षा क्षेत्रादेखि सञ्चार मोबाइल, डिसहोम, सहकारी संस्था, मोबाइल बितरण संघ दाङको अध्यक्ष पदमा रही कार्य सम्पादन गरिरहेको छु । अनलाइन बैंकिङ तथा समाजिक सेवामा काम गर्दै धेरै राष्ट्रहरुमा वैदेशिक भ्रमण गरी दाङको आर्थिक उन्नतिको लागि उवासंघमा सह–कोषाध्यक्षमा रही स्पष्ट योजनामा कार्य सम्पादन गरेको छु । तसर्थ यी मेरा अनुभवका आधारमा सम्पूर्ण उद्योगी, व्यवसायीहरुले मलाई भोट दिएर विजयी बनाउनु हुनेछ भन्ने आशा र अपेक्षा लिएको छु ।
५. यदि तपाईले चुनव जित्नुभयो भने संस्था र व्यवसायीहरुको पक्षमा के–कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?
– अहिले कोभिड –१९ पछि आर्थिक मन्दी चलिरहको अवस्थामा व्यवसायीहरुले चर्काे बैंकको ब्याज र घरभाडाले व्यवासायीहरु मारमा परिहेका छन् । घरधनीहरुसँग समन्वय गर्ने र बैंकिङ क्षेत्रमा संघमार्फत महासंघसँग समन्वय गरी ब्याजदर १ अंकमा झार्ने पहल गरिने छ । एकै पकृतिका व्यवसायहरुलाई मर्जर प्रक्रियामा लगी कम खर्चमा बढी मूनाफ दिलाउने कोशिस गर्ने लगायतका दीर्घकालिन योजना बनाएर अगाडि बढ्ने प्रयास गरिनेछ ।
६. अन्त्यमा केही भन्नुछ ?
– साझा समावेशी व्यवसायी प्यानलको अध्यक्ष रामप्रसाद पोख्रेलको नेतृत्वमा म लगायत सम्पूर्ण टिमहरु पुग्ने कोशिस गरिहेका छौं । यदि कहिँ कतै पुग्न नकेको ठाउँमा यही सिस्ने अनलाइनमार्फत सम्पूर्ण उद्योगी तथा व्यवसायी मतदाता ज्यूहरुमा मतदानका लागि अपिल गर्नुका साथै अग्रग ज्यूहरुले स्थापना गरेको संघको उद्देश्य अनुरुप काम गर्ने प्रतिवद्धता जनाउदछु ।