उद्योग उपाध्यक्ष पदमा गहतराजलाई जिताउन सुनचाँदी व्यवसायी घरदैलोमा

दाङ, । दाङ जिल्ला उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष पदमा ध्रुवकुमार गहतराजलाई जिताउन अपिल गर्दै सुनचादी व्यवसायी घरदैलो अभियानमा जुटेको छ । राष्ट्रिय कला, सिपको संरक्षण गरौ, उद्योग उपाध्यक्ष पदमा ध्रुवकुमार गहतराजलाइ अत्याधिक मतले जिताउन भन्ने नाराका साथ बुधबार नेपाल सुनचाँदी व्यवसायी संघले घोराही बजारमा ¥याली समेत निकालेको हो ।

गहतराजलाई जिताउन सुनचाँदी व्यवसायीहरु एकताबद्ध भएर चुनावी प्रचार प्रसारमा लागेका छन् । उनिहरुले घोराहीका हरेक पसल पसलमा पुगेर व्यवसायीहरुलाई मत दिन आग्रह गरेका छन् । सुनचाँदी व्यवसायीहरुको बलियो साथ र सहयोगका कारण ध्रुवकुमार गहतराजले चुनाव जित्ने निश्चित बनेको छ । सुनचादी व्यवसायीका साथै ध्रुवकुमार गहतराज घोराहीका सम्पुर्ण व्यवसायी माझ लोकप्रिय मानिनु हुन्छ ।

घोराही १५ मा रहेको पाल्पा भैरव सुुनचाँदी पसलका सञ्चालक गहतराजको पक्षमा मत दिनका लागि नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीले ह्वीप समेत जारी गरेको छ । उद्योग वाणिज्य संघमार्फत् सुनचाँदि व्यवसायीहरुको पक्षमा काम गर्न सुनचाँदी व्यवसायी नै उमेद्वार बनेकाले सम्पुर्ण व्यवसायीहरुलाई उद्योग उपाध्यक्ष पदमा ध्रुवकुमार गहतराजलाई मत दिन संघका अध्यक्ष बिनोद रसाईलीले आग्रह गर्नुभएको छ ।