९ असोज, बुटवल । घाँस काट्न जंगल गएको बेला भिरबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ ।
बनगाड कुपिण्डे नगरपालिका-१ बालुवासंग्रही नजिकै मंगलबार बिहान घाँस काट्न गएका अन्दाजी ४५ वर्षीय दिपक कामीको भिरबाट खसेर मृत्यु भएको हो ।घाँस काट्ने क्रममा भिरबाट चिप्लिएर भेरी करिडोर सडकमा खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।