घोराही, ८ असोज ।
यही असोज १३ गते हुन लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि होटल व्यवसायी समिती र हानका दुई अध्यक्षविच कडा प्रतिस्पर्धा देखिएको छ ।
जिल्लाका होटल व्यवसायीहरुको अभिभावकिय भुमिका निर्वाह गरिहेको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष दिपेन्द्र पुन र ठुला होटलहरुको मात्रै अभिभावकिय जिम्मेवारी सम्हालेको संस्था होटेल एसोशियसन नेपाल हानका जिल्ला अध्यक्ष नरेश श्रेष्ठविच वरिष्ठ उपाध्यक्ष पदका लागि कडा प्रतिस्पर्धा पाईएको छ ।
दिपेन्द्र पुन २०६२ सालमा दोस्ती खाजा पसल सञ्चालन गरेर होटल व्यवसायमा रम्दै आउनु भएको छ । २०६७ सालमा होटल व्यवसायी समितिको कार्यसमिती सदस्य भएर जिम्मेवारी पुरा गरेका पुनले २०६९ सालमा उपाध्यक्ष भई जिम्मेवारी पुरा गरेपछि २०७८ सालदेखी समितीको अध्यक्ष भएर काम गर्दै आउनु भएको छ । पुनले होटल व्यवसायीहरुको हकहितका लागि गरेको काम र खेलेको भुमिका प्रसंशनिय पाईएको छ । रोल्पाको माडि गाउँपालिका ६ कोर्चावाङमा जन्मिनु भएका दिपेन्द्र पुनले साना तथा मझौला होटल व्यवासायीहरुसँग समन्वय गर्दै उनिहरुको समस्या समाधानका लागि काम गर्दै आउनु भएको छ ।
होटल व्यवसायी समितीमा रहेर व्यवसायिक हितका लागि काम गर्दै आउनु भएका पुनले यस पटक उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएर काम गर्न चाहेको बताउनु हुन्छ । उहाँले सम्पुर्ण व्यवसायीहरुका साथै होटल व्यवसायीहरुका लागि आफु खर्चिएर काम गर्ने बताउनु भयो ।
यस्तै दिपेन्द्र पुनका प्रतिस्पर्धि हानका जिल्ला अध्यक्ष नरेशकुमार श्रेष्ठ पनि बलिया उम्मेद्वार मानिनु हुन्छ । श्रेष्ठ दाङ जिल्ला उद्योग वाणिज्य संघको हालको वर्तमान कार्यसमितीमा सचिव पदमा रहेर काम गरि सक्नु भएको छ । व्यवसायिक हिसावले नारायनपुरमा रहेको फन पार्क र घोराहीमा रहेको कोसेली बेकरीका सञ्चालक श्रेष्ठ यस पटकको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि चुनावी मैदानमा होमिनु भएको छ ।
ठुला होटलहरुको मात्रै अभिभावकिय जिम्मेवारी सम्हालेको संस्था होटेल एसोशियसन नेपाल हानका जिल्ला अध्यक्ष श्रेष्ठ यस अघि सचिव पदमा सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको थियो । अर्काेतिर जिल्लामा हानका सदस्य ठुला होटल व्यवसायीहरु औलामा गन्न सकिने मात्रै छन् भने होटल व्यवसायी समितीमा आवद्ध व्यवसायी धेरै छन् । त्यसकारण पनि चुनावी प्रतिस्पर्धा कडा मानिएको छ ।
दिपेन्द्र पुनलाई मत दिन होटल व्यवसायी समितिको आग्रह
दाङ देउखुरी होटल व्यवसायी समितीले यही असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा समितीका अध्यक्ष दिपेन्द्र पुनलाई मत दिन सम्पुर्ण होटल व्यवसायीहरुमा आग्रह गरेको छ ।
समितिको आईतवार बसेको बैठकले सम्पुर्ण होटल व्यवसायीहरुलाई वरिष्ठ उपाध्यक्ष पदमा दिपेन्द्र पुनलाई मतदान गर्न आग्रह गर्ने निर्णय गरेको समितीका महासचिव टिकाराम भुषालले जानकारी दिनुभएको छ । होटल व्यवसायीहरुको हकहितका लागि काम गर्ने व्यक्ति होटल व्यवसायीले चुन्ने राम्रो अवसर भएको भन्दै सम्पुर्ण होटल व्यवसायीहरुलाई वरिष्ठ उपाध्यक्ष पदमा दिपेन्द्र पुन र सदस्यमा शेरबहादुर पुनलाई मत दिन आग्रह गरेको छ ।।