ठुला सना सबै व्यवसायीले रुचाएका महासचिव पदका उमेद्वार खनाल

 

घोराही, ८ असोज ।

विगत १७ वर्षदेखी व्यवसायिक क्षेत्रमा क्रियाशिल शालिकराम खनाल यस पटक दाङ जिल्ला उद्योग वाणिज्य संघको जिम्मेवारी सम्हाल्नका लागि चुनावी मैदानमा होमिनु भएको छ । यही असोज १३ गते हुन लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका लागि साझा समावेशी व्यवसायिक प्यानलबाट खनालले महासचिव पदमा आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको छ । ठुला तथा सना सबै व्यवसायीहरुका विचमा महासचिव पदका उमेद्वार खनाल प्रिय मानिनु हुन्छ ।

 

व्यवसायिका हिसावले मोबाईल व्यवसायी खनाल सम्पुर्ण उद्योगी तथा व्यवुसायि माझ लोकप्रिय हुनुहुन्छ । खनालले भन्नु भयो,–‘दाङ जिल्लाको आर्थिक विकासका लागि, जिल्लामा उत्पादित बस्तुहरुको विक्री वितरणका लागि, दाङ जिल्ला उद्योग वाणिज्य संघले विशेष कार्ययोजना बनाएर सोही कार्ययोजना अनुरुप व्यवसायीको पुर्ण आर्थिक विकासमा टेवा पु¥याउन मेला महोत्सव जस्ता कुराहरुलाई पुर्ण निषेध गर्नुपर्छ । स्थानिय उत्पादनको विक्री वितरणको लागि व्यवसायिकहरुको व्यवासायलाई टेवा पुराउनको लागि बस्तुगत व्यवसायिहरुसँग छलफल गरी सानादेखी ठुला व्यवसायिहरुसँग समन्वय गरी सोझै उपभोक्तासँग पुराउनका लागि साप्ताहित हाट बजारको व्यवस्थापन गर्ने कार्ययोजना मैले बनाएको छु ।

 

मोबाईल तथा ईलेक्ट्रोनिक व्यवसायि संघ दाङको संस्थापक सचिव, उपाध्यक्ष हुदै हाल अध्यक्ष भएर जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । उहाँले सम्पुर्ण व्यवसायिको हितसँगै मोवाईल तथा ईल्ट्रोनिक व्यवसायिका समस्यालाई नजिकबाट नियालेर समाधान गर्नका लागि आफ्नो उम्मेद्वारी भएको बताउनु भयो । यसका साथै उहाँले सर्वोत्म बहु उद्देश्य सहकारी संस्थाको उपाध्यक्ष भएर पनि आफ्नो जिम्मेवारी पुरा गर्दै आउनु भएको छ । व्यवसायिक क्षेत्र तथा विभिन्न संघ संस्थामा सफल र सक्षम नेतृत्वका कारण आफुले दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावबाट जित्ने कुरामा ढुक्क रहेको बताउनु भयो ।

 

उहाँले भन्नुभयो, मैले संघको महासचिवको नेतृत्व पाए भने त्यहा भएका पुराना राम्रा योजनालाई कार्यान्यवन गर्दै र व्यवसायिक हितका नयाँ योजनालाई थप गर्दै कार्यसम्पादन गर्ने छु । यसका साथै हरेक व्यवसायिकका दुख पिडालाई नजिकबाट बुझेर तत्कालै समस्या समाधानका लागि पहल गर्ने छु । अर्काे कुरा दाङ जिल्ला उद्योग वाणिज्य संघको लागि म युवा, जोशिलो र नयाँ व्यक्ति भएकाले पनि मलाई एक पटकको लागि व्यवासायिहरुले जिताउनु हुनेछ भन्नेमा विश्वस्त छु । म कुनै पनि संस्थाको एउटै पदमा दोहोरिएर जिम्मेवारी लिन खोज्ने छैन ।,