दाङ । दाङको तुलसीपुरमा १२ वर्षिया बालिका बलात्कृत भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका १९ की १३ वर्षिया बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिएका हुन । ‘बालिकालाई पटक–पटक गरी विभिन्न व्यक्तिले विभिन्न स्थानमा लगेर बलात्कार गरेको खुल्न आएको छ तर घटनामा संलग्न व्यक्तिहरुको खोजिकार्य जारी रहेको छ’, प्रवक्ता केसीले भने । घटना केही महिना अगाडी भएको थियो ।
