दाङ उवासंघको किर्ते रसिद प्रयोग प्रकरण ,उच्च अदालतको फैसला असोज आठमा

घोराही ५ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा किर्ते रसिद प्रयोग गरिएको भन्दै हालिएको रिटमा असोज ८ गते सुनुवाई हुने भएको छ । असोज ८ गते दुबै पक्षसँग छलफल गरेर सुनुवाई गर्ने तयारी उच्च अदालत तुलसीपुरले गरेको छ ।
व्यवसायीहरुले किर्ते रसिद प्रयोग गरेर उमेदवारी दिएकाहरुको समेत दाबी बिरोध गर्दा पनि उमेदवारी सदर गरेको भन्दै उच्च अदालतमा रिट निवेदन दिएका थिए । शुक्रबार यस विषयमा सोमबार दुबैपक्षसँग छलफल गरी अन्तिम आदेश दिने तयारी उच्च अदालतले गरेको छ ।
अदालतको निर्णयपछि अघि बढ्छौ ः प्रशासन
यता यस विषयमा जिल्ला प्रशासन कार्यालय दाङमा पनि किर्ते गरिएको भन्दै कारबाही गरी पाउँभिन व्यवसायीहरुले निवेदन दिएपछि प्रशासनले उवासंघलाई पत्राचार गरी शुक्रबार निर्वाचन सम्बन्धि सम्पूर्ण कागजातसहित उपस्थित हुन निर्देशन दिएको थियो । निर्देशन अनुसार संघका केही पदाधिकारीहरु प्रशासनमा विहान ११ बजे नै उपस्थित भएका थिए । उच्च अदालतमा पनि यो विषयमा मुद्धा परेकाले विचाराधिन मुद्धामा आफूहरुले फैसला गर्न नमिल्ने भएकाले हाललाई केही नगरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले अदालतको फैसला पछि आफूहरु यो विषयमा अगाडी बढ्ने जानकारी दिनुभयो ।