कुशे औँसीका दिन दाङमा दुई जेष्ठ नागरिक सम्मानित


शिवु खनाल,देउखुरी, २९ भदौआज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । कुशे औँसीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् । तर दाङमा कुशे औँशीको अवसरमा दुईजना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ कमानपुर टोल विकास संस्थाले सोही वडा निवासी ७४ वर्षीय धनबहदुर घर्ती मगरलाई कुशे औँशी र ८६ वर्षीय चुनकी चौधरीलाई हरितालिका तिजको अवसरमा टोल विकास संस्थाले सम्मान गरेको संस्थाका अध्यक्ष तिकलराम चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँका स्थानीयहरुले नागरिकता र प्रमाणपत्रको आधारमा उहाँ दुबैजना जेष्ठ नागरिकलाई छनोट गरि सम्मान गरिएको हो । दुबैजना जेष्ठ नागरिकलाई दोसल्ला तथा ढाका टोपी लगाएर सम्मान गर्दै, बुवाआमा नभएका र टाढा भएकाहरुले ती दुई जेष्ट नागरिकलाई टिका लगाई खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै मुख हेरेर कुशे औँसी मनाएको स्थानीय समाजसेवी मिना गुरुङ्ले जानकारी दिनभयो ।।