काठमाडौं,२२ भदौ । महिला टी(ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नेपालले १ सय ६ रनको लक्ष्य पाएको छ ।
विश्वकपको एसिया छनोट अन्तगर्त मलेसियामा जारी प्रतियोगिताको सेमिफाइनलमा नेपालले थाइल्यान्डबाट १ सय ६ रनको लक्ष्य पाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको हो ।
थाईल्यान्डका लागि नान्नापत खोन्चरोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय ईनिङ खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाईन् ।
नेपालका लागि कविता कुवँर र पूजा महतोले समान १र१ विकेट लिईन् ।
यस खेलमा विजेता हुने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ ।
नेपाल पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको छ ।
सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन ।
नेपाल यस पटक भने थाईल्यान्डलाई हराउँदै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छ ।
तर, २०२० मा विश्वकप खेलेको र पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको थाईल्यान्डलाई हराउन सहज भने हुने छैन ।
नेपालले थाईल्यान्डसँग २०१९ पछि पहिलो पटक खेल्दैछ ।