शिवु खनाल
देउखुरी, भदौ
जैविक विविधता ग्रिनपार्क भित्र जंगल सफारी रुट निर्माणमा जुटेका छन् । पर्यटकलाई लक्षित गरी पार्कले अजम्मरी सामुदायिक वनभित्र जंगल सफारी रुट निर्माणको तयारी सुरु गर्न लागेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताउनुभयो । जिल्लाकै पहिलो पर्यटकीय गन्तव्यको रुपमा रहेको ग्रिनपार्कमा पर्यटकलाई आकर्षित गर्दै बसाई लम्ब्याउनका लागि यही आर्थिक वर्षभित्र जंगल सफारीको तयारी सुरु गर्न थालिएको हो । उहाँका अनुसार अजम्मरी सामुदायिक वन उपभोक्ता समहूद्धारा संचालित जैविक विविधता ग्रिनपार्क भित्र जंगल सफारीका लागि सडक (रुट) निर्माणमा आफुहरु जुटेको बताउनुभयो । ग्रिनपार्कबाट सामुदायिक वन हुदैँ, सत्रविघासम्म सफारीका लागि सडक (रुट) निर्माणको तयारी गरिएको छ, उहाँले भन्नुभयो,–। ‘पहिलो चरणको स्थलगत निरीक्षण भइसकेको छ । जनप्रतिनिधि, निकुञ्ज, डिभिजन वन कार्यालय लमही, सामुदायिक वनका प्रतिनिधिसहितको सर्वपक्षीय छलफलको आयोजना गरेर जंगल सफारीको अन्तिम निर्णय लिइने छ ।’ जंगल (जीप) सफारी जिल्लामै पहिलो भएको उहाँको दाबी छ । सफारी हुने क्षेत्रको एकापट्टि सामुदायिक वन र अर्कापट्टि राप्ती नदी पर्छ ।
लमही नगरपालिका वडा नम्बर ५ लमही बसपार्कदेखि उत्तरतर्फ रहेको ग्रिनपार्कमा आउने पर्यटकलाई केही नयाँ कुरा दिउँ भन्ने उद्देश्यले यो प्याकेज ल्याउन लागेको अध्यक्ष रिजालले बताउनुभयो । उहाँले यसले आन्तरिक र बाह्य पर्यटक बढ्ने अपेक्षा गरेको समेत बताउनुहुदैँ, उहाँले आम्दानीको ६० प्रतिशत वनकै संरक्षणमा खर्च गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,– ‘जंगल (जीप) सफारीसँगै संरक्षणका थप कार्यक्रमसमेत ल्याउने तयारी गरेका छौँ । जंगल सफारीका लागि आउने पर्यटकका लागि यो सफारी नयाँ प्रयोग हुने छ ।’ यता डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले जंगल (जीप) सफारीले सामुदायिक वनको आयआर्जन वृद्धि हुने बताउनुभयो । उहाँले राज्यले घोषणा गरेको पर्यटनका लागि डिभिजन वन कार्यालयको साथ रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी निकुञ्जको ऐन नियमको परिधिमा छौँ, त्यसका आधारमा मात्र विभिन्न गतिविधि गर्न सक्छौँ, संरक्षणसँगै पर्यटनका गतिविधि हुन्छ । सामुदायिक वनमा जीप सफारी र अन्य गतिविधि गर्दा संरक्षणमा विशेष ध्यान दिइनुपर्ने हुन्छ ।’
जंगल (जीप) सफारी गर्न आउने पर्यटकले प्रयोग हुने जीप प्रदूषणको मापदण्ड पूरा गरी हरियो स्टीकर टाँसेको हुनुपर्छ, कानूनी र भौतिक हिसाबले सुरक्षित हुनुपर्छ,उहाँले भन्नुभयो,–। ‘निकुञ्जभित्र सकेसम्म विद्युतीय सवारीसाधन प्रयोग गर्नुपर्ने हुन्छ । पछिल्लो समय जंगल सफारी गर्न भित्र प्रवेश गर्ने सवारीसाधनमा वनले ट्राकिङ डिभाइस जडान गर्नुपर्ने हुन्छ । डिभाइसमार्फत कुन गाडी कहाँ र कस्तो अवस्थामा छ भन्ने जानकारी वनको कार्यालयमै बसेर हेर्न सकिने बताउनुभयो ।’ अब यहाँ आउने पर्यटक जीप सफारी मार्फत सामुदायिक वनमा जरायो, हुडार, राते, मयुर, चितुवा, स्याल, हरिण, चित्तल, लगायत विभिन्न प्रजातीका चराहरुसजिलै देख्न सकिने वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जिवी खनालले बताउनुभयो । यता लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले छोटो समय र पर्याप्त प्रचारप्रसार नहुदाँ पनि हजारौँ भन्दा बढी पर्यटकले ग्रिनपार्क हुदैँ सामुदायिक वनभित्र मनोरञ्जन गर्ने गरेका छन्, आगामी वर्ष यो संख्या बढदै जाने र यसले ग्रिनपार्क क्षेत्र मात्रै हाईन सम्रग नगरेको आर्थीक विकासमा सहयोग पुग्ने बताउनुभयो ।
लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी (सागर)ले जैविक विविधता ग्रिनपार्कभित्र पर्यटन भित्राउन जंगल (जीप) सफारीको माध्यम अति आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,–। हामीले पर्यटनलाई आकर्षित कसरी गर्न सकिन्छ, घुम्न आउने पर्यटनको माध्यमबाट यसक्षेत्रका उपभोक्ताको दैनिकी जीवनयापलनमा कसरी सहता ल्याउन सकिन्छ त्यसलाई ध्यानमा राखेर हामी अगाडि बढ्नुपर्ने हुन्छ । यसका लागि वडाको साथ रहनेछ । यता जीप सफारी पछि यहाँ पर्यटक पनि बढ्ने अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले बताउनुभयो । उहाँले वन समुहमा रहको करिब एक हजार घरघुरीमा आयआर्जन बढाउन जीप सफारी उपयोगी हुने बताउनुभयो । वन्यजन्तुका लागि यो अजम्मरी सामुदायिक वन नै प्रख्यात छ । जहाँ एक वटा ठुला सुविधा सम्पन्न भ्यूटावर पनि निर्माण गरिएको छ ।।