देउखुरी, १५ भदौँ । नेकपा एमालेको सांगठनिक जीवनमा अतिनै महतवपूर्ण मानिएको प्रदेश संरचना अन्तगर्त पहिलो पटक आजदेखि अधिवेशनहरु सुरु हुँदैछ । यही अन्तगर्त भोलीदेखि नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बुटवलमा सुरु हुन लागि रहेको छ । अधिवेशनको उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली बुटवल आउने कार्यक्रम रहेको छ । यस बाहेक एमाले महासचिव शंकर पोख्रेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, विष्णु पौडेललगायतका दर्जनौ नेताहरु पनि अधिवेशनमा सहभागि हुने कार्यक्रम रहेको छ ।
एमालेको लुम्बिनी प्रदेश अधिवेशनका लागि बिहीबार साँझ नै बुटवलमा नेता तथा प्रतिनिधिहरु आउनेक्रम सुरु भैसकेको छ । अधिवेशनले नयाँ कार्य समिति निर्माण गर्ने भएकाले आफ्नो पक्षमा पदलाई सुरक्षित गर्न नेताहरुको दौडधुप पनि सुरु भएको छ । विशेषगरी लुम्बिनी प्रदेशलाई महासचिव शंकर पोख्रेल र उपाध्यक्ष विष्णु पौडेललाई समकक्षिमा राखेर चर्चा गर्ने गरिन्छ ।
यस पटक पनि एमाले लुम्बिनी प्रदेश अधिवेशनमा महासचिव पोख्रेल र उपाध्यक्ष पौडेलाई केन्द्र बिन्दुमा राखेर चर्चा सुरु गरिएको छ । जस अन्तगर्त महासचिव पोख्रेलले केन्द्रीय सदस्य हरि रिजाल र उपाध्यक्ष पौडेलले राधाकृष्ण कँडेललाई नेतृत्वमा लैजान खोजि रहेको चर्चा चलाइएको छ । यही चर्चा जस्तै दुबै पक्षका छुट्टाछुट्टै भेलाहरु पनि बुटवलमा भैरहेका समाचारहरु सार्वजनिक भैरहेका छन् । पहिलो पटक विधिसम्बत अधिवेशन हुन लागि रहेकाले यस प्रकारका भेलाहरु हुनु स्वाभाविक भएको एमाले केही नेताहरुले सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।
एमाले प्रदेश अधिवेशनमा एकहजार बढि प्रतिनिधिहरुको सहभागिता रहनेछ । यस पटक २०५ सदस्यिय कार्य समिति बन्ने भएकाले पनि अधिवेशन बढि पेचिलो बनेको एमाले लुम्बिनी प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिनुभयो । एमालेका केही नेताहरु सर्वसम्मत रुपमा नयाँ कार्य समिति बन्नुपर्छ भन्ने लविङमा पनि रहेका छन् ।
लुम्बिनी प्रदेशमा एमाले अहिले पनि पहिलो शक्तिकारुपमा रहेको छ । यस अर्थमा एमाले महासचिव पोख्रेल र उपाध्यक्ष पौडेलबीच गतिलो सहकार्य भएमा एमाले लुम्बिनीमा थप बलियो बन्ने तर्क बीचमा रहेका नेताहरुको छ । यही कुरा बुझेर एमालेका दुबै नेता अधिवेशनलाई सर्वसम्मत बनाउनुपर्छ भन्ने उद्देश्यका साथ एकदुई पटक यस विषयमा गहन छलफलमा बसेको एमाले श्रोतको भनाइँ छ । एमाले केन्द्रीय सदस्य हरि रिजाल प्रदेश प्रतिनिधि भएकाले उहाँको केन्द्रीय सदस्य पद स्वतह निलम्बन हुने भएकाले उहाँलाई अहिले प्रदेशको भूमिकामा नलैजाँदा उहाँ भूमिका बिहीन हुने भएकाले
उहाँकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति बनाउन बलियो तयारीमा एमालेका केही नेताहरु लागेको श्रोतको भनाइँ छ ।
एमाले नेता रिजाल प्रदेश अध्यक्ष बनेमा अर्का नेता राधाकृष्ण कँडेललाई रिक्त रहेको रिजालको केन्द्रीय सदस्य पदमा उहाँलाई नै मनोनित गरेर देखा परेको समस्या समाधान हुने एक नेताले विश्वास व्यक्त गरे ।