घोराही, ११ भदौं । घोराहीस्थित पद्मोदय क्याम्पसमा अनेरास्ववियुको कमिटी गठन भएको छ ।
अनेरास्ववियुले क्याम्पसमो प्रथम सम्मेलनको आयोजना गरी दिपक पाण्डेको नेतृत्वमा पद्मोदय क्याम्पस कमिटी गठन गरेको हो । २८ सदसस्यिय कमिटीलाई समावेशी बनाइएको छ । विद्यार्थीहरुको हकअधिकारी र शैक्षिक
सुधारका लागि नवगठित कमिटीले विशेष अभियान गर्ने नवनिर्वाचित अध्यक्ष दिपक पाण्डेयले जानकारी दिनुभयो । सम्मेलनमा अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेतलगायतका नेताहरुको समेत उपस्थिति थियो ।
पद्मोदय कलेज घोराहीमा अनेरास्ववियुको कमिटी गठन

ट्रेन्डिङ