प्रेस चौतारीले पठायो केन्द्रीय उपाध्यक्ष प्रियासनसहित तीनजना प्रतिनिधि

दाङ, भदौ १० । नेकपा (एमाले) लुम्बिनी प्रदेशको आसन्न प्रथम अधिवेशनका लागि प्रेस चौतारी नेपालले ३ जना प्रतिनिधि सिफारिस गरेको छ । यही भदौ १६ र १७ गते बुटवलमा हुने अधिवेशनका लागि केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, प्रदेश अध्यक्ष शोभाखर पन्थी र प्रदेश महासचिव निरा गौतमलाई प्रतिनिधि सिफारिस गरी पठाएको प्रदेश अध्यक्ष शोभाखर पन्थीले जानकारी दिनुभयो ।

प्रदेश अधिवेशनका लागि जनवर्गीय संगठनको तर्फबाट एक महिलासहित ३ जना प्रतिनिधि पठाउने पार्टीको परिपत्र अनुसार प्रतिनिधि सिफारिस गरी पठाएको अध्यक्ष पन्थीको भनाइ छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा भूगोल तथा जिल्ला, जनवर्गीय संगठनबाट १ हजार १ जना प्रतिनिधि छानिएको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिनुभयो ।